एमाले छाडेर नेकपातिर संविधानसभा सदस्य साउद, भीम रावलले गरे स्वागत « Khabarhub

एमाले छाडेर नेकपातिर संविधानसभा सदस्य साउद, भीम रावलले गरे स्वागत


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा (एमाले) अछामका पूर्वजिल्ला कमिटी सचिव भरत साउद नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। २०७० सालको संविधानसभा सदस्य उनलाई पार्टीका नेता भीमबहादुर रावलले एक कार्यक्रमबीच स्वागत गरे ।

पार्टी प्रवेशपछि साउदले कम्युनिस्ट आन्दोलनको एकताका लागि सक्रिय भएर योगदान दिन चाहेको बताए। ‘कम्युनिस्ट पार्टी एकता अभियान जसले अघि बढाए पनि सकारात्मक हो,’ साउदले भने, ‘त्यसैले नेकपातिर जोडिएँ ।’

उनी यसअघि भीम रावलविरोधी नेता थिए । तर आफू कम्युनिष्ट नहुने डरले मातृभूमि अभियानमा नजोडिएको बताए । अहिले सबै मिलेर नेकपा बनेपछि त्यसमै लागेको उनले बताए ।

साउद २०५० देखि २०५४ सम्म एमाले उपसचिव भए । त्यसपछि दुईपटक एमाले जिल्ला सचिव (प्रमुख) थिए। साउद अछाम क्षेत्र नम्बर २ बाट २०७० सालको संविधानसभा सदस्य बनेका थिए ।

उता शुक्रबार धनगढीमा आयोजित नेकपाको ‘एकता सन्देश सभा’ लाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल र नेता भीम रावलले सम्बोधन गर्दैछन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ११ : ४७ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक