एमाले छाडेर नेकपातिर संविधानसभा सदस्य साउद, भीम रावलले गरे स्वागत « Khabarhub

एमाले छाडेर नेकपातिर संविधानसभा सदस्य साउद, भीम रावलले गरे स्वागत


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा (एमाले) अछामका पूर्वजिल्ला कमिटी सचिव भरत साउद नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। २०७० सालको संविधानसभा सदस्य उनलाई पार्टीका नेता भीमबहादुर रावलले एक कार्यक्रमबीच स्वागत गरे ।

पार्टी प्रवेशपछि साउदले कम्युनिस्ट आन्दोलनको एकताका लागि सक्रिय भएर योगदान दिन चाहेको बताए। ‘कम्युनिस्ट पार्टी एकता अभियान जसले अघि बढाए पनि सकारात्मक हो,’ साउदले भने, ‘त्यसैले नेकपातिर जोडिएँ ।’

उनी यसअघि भीम रावलविरोधी नेता थिए । तर आफू कम्युनिष्ट नहुने डरले मातृभूमि अभियानमा नजोडिएको बताए । अहिले सबै मिलेर नेकपा बनेपछि त्यसमै लागेको उनले बताए ।

साउद २०५० देखि २०५४ सम्म एमाले उपसचिव भए । त्यसपछि दुईपटक एमाले जिल्ला सचिव (प्रमुख) थिए। साउद अछाम क्षेत्र नम्बर २ बाट २०७० सालको संविधानसभा सदस्य बनेका थिए ।

उता शुक्रबार धनगढीमा आयोजित नेकपाको ‘एकता सन्देश सभा’ लाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल र नेता भीम रावलले सम्बोधन गर्दैछन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ११ : ४७ बजे

तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश

दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर

काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा

काठमाडौं– ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य