भीम रावल भन्छन् : हेलिकप्टरमा भागेका ओली भक्तपुरको कुनाबाट जनता धम्क्याउँदैछन् « Khabarhub

भीम रावल भन्छन् : हेलिकप्टरमा भागेका ओली भक्तपुरको कुनाबाट जनता धम्क्याउँदैछन्


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले निष्कासित गरेपछि एक वर्षसम्म मातृभूमि अभियान चलाएका डा. भीम रावल यतिबेला नेपाली कम्युनिस्ट पार्टीका नेता भएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीको नेता रावल एमालेमा हुँदा पनि अध्यक्ष केपि शर्मा ओलीप्रति आक्रमक थिए । दशौँ महाधिवेशनमा प्रतिस्पर्धा गरेदेखि ओलीद्वारा किनारा पारिएका उनले शुक्रबार धनगढीमा नेकपाको शक्ति प्रदर्शन गरे ।

उनले त्यसक्रममा पनि एमाले अध्यक्ष ओलीलाई नै आक्रमण गरेका छन् । उनले तत्कालीन प्रधामन्त्री ओली गत भदौ २४ गते‘देशलाई सुरक्षा दिन नसकेर हेलिकप्टरबाट भागेको’ कडा टिप्पणी गरे ।

धनगढीमा पार्टीको एकता सन्देश सभालाई सम्बोधनका क्रममा उनले राष्ट्रिय सुरक्षा समितिको बैठकसमेत बोलाउन नसकेर ओली भागेको आरोप लगाए ।

‘देशलाई सुरक्षा दिन नसकेर, राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउन नसकेर हेलिकप्टरबाट भागेका ओली जस्ता व्यक्तिहरूले अहिले भक्तपुरको कुनामा बसेर जनतालाई धम्क्याउने, तर्साउने?,’ रावलले प्रश्न गरे, ‘त्यस्ता कुरा रोक्न तपाईं कार्यकर्ताहरू अगाडि बढ्नुहोस्।’

उनले कम्युनिस्ट कार्यकर्ताहरूलाई अब नेकपाले नेतृत्व दिने पनि बताए । एमालेका पूर्वउपाध्यक्ष उनी नेकपामा छैटौँ वरीयताका नेता का रुपमा छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : १९ बजे

५ करोड बजेटसहित ‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको