आज २०८२ साल पुस १३ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस १३ गते आइतबारको राशिफल


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस १३ गते आइतबार तदनुसार सन् २०२५ डिसेम्बर २८ तारिख । पौष शुक्ल पक्षको अष्टमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : स्वास्थ्यको ख्याल गर्नुपर्ने छ । मन अशान्त बन्नेछ । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ ।

वृष : मनमा खुशी मिल्नेछ । थोरै लगानी गरे पनि ठूलाे फाइदा हुनेछ । स्वास्थ्य क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ । विपक्षी शान्त बन्नेछन् । अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ ।

मिथुन : मन शान्त बन्नेछ । व्यापारमा फाइदा हुनेछ । आज कतै घुमफिरको योजना बन्नसक्छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कर्कट : मन अशान्त र निराश हुने जोखिम छ ।  साना कुरामा विवाद गर्नु भन्दा थोरै बोलेर आफ्नो काम गर्नु राम्रो हुनेछ । शान्तिका लागि बिहान उठेर पिपलको दर्शन गर्नु फाइदाजनक हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंह : आज काममा अवरोध हुने सम्भावना छ । ठुलो लगानी गर्नु भन्दा दैनिकी चलाएर रमाउनुपर्ने बाध्यता छ । शिक्षामा अल्छीपन बाधक बन्नसक्छ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

कन्या : लगानीका क्षेत्रबाट लाभ हुनेछ । साथीहरुले सहयोग गर्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी साथीले प्रशंसा गर्नेछन् । छोटो दूरीको यात्रा तय हुनेछ । धर्ममा मन जानेछ ।

तुला : सोचेर गरेको काम सहज बन्नेछ । साथीभाइको साथले शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । दाम्पत्य जीवन सफल बन्ने योग छ । यात्रामा मन शान्त बन्ला ।

वृश्चिक : दिन सुखमय बन्नेछ । थोरै लगानी गरे पनि व्यवसायमा राम्रो आम्दानी हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । दैनिकी शान्तसँग बित्नेछ । दाम्पत्य र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । अनावश्यक विवादमा नफसकेको राम्रो हुनेछ । थोरै बोल्दा फाइदा हुनेछ ।

मकर : सोचेका काम बन्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । राज्यका उच्च व्यक्तिको साथमा गरेको काम सहजै सम्पन्न हुनेछ । परिवारले भन्दा साथीले तपाईंको कामको प्रशंसा गर्नेछन् ।

कुम्भ : व्यवसायबाट फाइदा हुनेछ । मिष्ठान्न भोजन हुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्ने योग छ ।

मीन : धन लाभ हुने योग छ । व्यापारमा फाइदा हुनेछ । दाम्पत्य जीवनमा सुख र शान्ति मिल्नेछ । सहकर्मीबाट साथ मिल्नेछ । स्वास्थ्य क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । 

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ५ : ५५ बजे

राजेन्द्र महतोले दर्ता गराए उम्मेदवारी

काठमाडौं- राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र माहतोले उम्मेदवारी दर्ता

टिकट खोसिए पनि थेबेलाई समर्थन गर्न ताप्लेजुङ पुगे भट्टराई

काठमाडौं -ताप्लेजुङबाट टिकट नपाएपनि युवा संघका नेता क्षितिज थेबेलाई सघाउन

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन

पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको उम्मेदवारी मनोनयन दर्ता

झापा – पूर्वसभामुख देवराज घिमिरेले झापा निर्वाचन क्षेत्र नं २