४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ? « Khabarhub

४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ?


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच राजनीतिक सहमति भएको छ ।

यो सात बुँदे सहमतिका लागि ४८ घण्टा छलफल भएको अभियान्ता केपी खनाल बनाउँछन् ।

अभियान्ता खनाल भन्छन्, ‘४८ घन्टाको अनवरत खटाई पश्चात, अन्ततः बिहानको ४ बजे बाट नेपालमा नयाँ युवा युगको सुरुवातका निम्ति अब घन्टी बजाउँदै रास्वपाबाट ‘भावी प्रधानमन्त्री बालेन शाह ।’

छलफलका सुरुवातकर्ता एवम् रास्वपाका निवर्तमान सांसाद असिम शाह भने सहमति नयाँ सुरुवात भएको बताउँछन् । यसअघि उनकै निवासमा भएको छलफलले बालेन र रविबीच सहमतिको ढोका खोलेको थियो । उनले सात बुँदे सहमतिका तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘शुभ बिहानी “नयाँ शुरुवात’’ ।

रवि र बालेनबीच आइतबार बिहान ४ बजे सहमतिमा हस्ताक्षर भएको हो । रवि र बालेनले सहमतिमा हस्ताक्षर गरेपछि त्यहाँ खिँचिएको सामूहिक तस्बिरमा रास्वपा उपसभापतिद्वय डीपी अर्याल, स्वर्णिम वाग्लेसँगै नेताहरु शिशिर खनाल, असिम साह देखिएका छन् ।

त्यसैगरी यी सहमतिकाे साक्षीका रुपमा कुमार बेन, सुदिप ढकाल, केपी खनाल, भुपदेव साह, कलाकार निश्चल बस्नेतसमेत छन् । सहमतिपछि रवि र बालेनले हात मिलाएको र अंकमाल गरेका तस्बिर सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ७ : २३ बजे

अहिलेसम्म कांग्रेसमा क–कस्ले पाए टिकट ? (सूचीसहित)

काठमाडौं – विशेष महाधिवेशन र महाधिवेशन विरोधी पक्षको तनावबीच नेपाली

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी– यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका