बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुको ‘उम्मेदवारी घोषणा’ « Khabarhub

बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुको ‘उम्मेदवारी घोषणा’


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


927
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साहबीच राजनीतिक सहमति भएपछि रविका दाजुले काठमाडौंको मेयरमा स्वतन्त्र उठ्ने घोषणा गरेका छन् ।

सम्झौतापछिको रवि र बालेनको तस्बिर सार्वजनिक गर्दै रविका दाजु हरिशरण लामिछानेले सामाजिक सञ्जालमार्फत् यस्तो घोषणा गरेका हुन् । उनले महानगरपालिकाको भावी मेयर पदमा स्वतन्त्र उम्मेदवारीको प्रवल सम्भावना रहेको भन्दै फेसबुकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

लामिछानेले फेसबुकमा लेखेका छन्, ‘दुई भाइको सम्झौता प्रति सम्मान र खुशी व्यक्त गर्दै काठमाडौं महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रवल सम्भावना रहेको जानकारी गराउदछु।’

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ७ : ४८ बजे

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके– नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन

कास्कीमा उम्मेदवारी मनोनयनको तालिका यस्तो छ 

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि