साढे ८ महिनामा आगलागीका घटनामा ५२ जनाको मृत्यु « Khabarhub

साढे ८ महिनामा आगलागीका घटनामा ५२ जनाको मृत्यु


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि पुस १३ गतेसम्म साढे ८ महिनाको अवधिमा देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा ५२ जनाको मृत्यु भएको छ । सोही अवधिमा ३ सय ५२ जना घाइते भएका छन् भने २ हजार ५ सय ६४ परिवार प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार आगलागीका कारण ठूलो मात्रामा धनजनको क्षति भएको हो । प्राधिकरणका अनुसार आवासीय घर, गोठ, उद्योग–व्यवसाय तथा सामुदायिक संरचनामा आगलागीका घटना बढी देखिएका छन् ।

विशेषगरी हिउँद र सुख्खा मौसममा आगलागीका घटना बढ्ने गरेको प्राधिकरणले जनाएको छ । विद्युत् सर्ट सर्किट, ग्यास चुहावट, खुला आगोको प्रयोग र लापरबाहीका कारण आगलागी हुने गरेको प्रारम्भिक विश्लेषणमा देखिएको छ।

प्राधिकरणले आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि सावधानी अपनाउन, आगोसम्बन्धी उपकरण सुरक्षित रूपमा प्रयोग गर्न तथा समुदायस्तरमा सचेतना बढाउन आग्रह गरेको छ । साथै, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकहरूसँग सहकार्य गरी द्रुत उद्धार तथा राहत प्रणालीलाई प्रभावकारी बनाइँदै लगिने पनि जनाएको छ ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ३ : ३९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको