आज २०८१ साल माघ १६ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ १६ गते बुधबारको राशिफल


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ १६ गते बुधबार माघ कृष्ण पक्षको औंसी तिथि। शहीद दिवस। तदनुसार सन् २०२५ जनवरी २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। सञ्चित धन खर्च हुनेछ। खर्च गर्न पाउँदा मनमा सन्तुष्टि मिल्नेछ। परिवारले सचेत गराएको कुराले मन भने अशान्त बन्नेछ। अप्ठेरो अवस्थामा विपक्षी साथीले साथ दिनेछन्। व्यापारमा आम्दानी हुनेछ।

वृष : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। साथीभाइको साथ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। विदेशमा लगानी गरेको भए नाफा हुनेछ।

मिथुन : सञ्चित रकम खर्च हुनेछ। सानो कुराले मन अशान्त बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। लगानी गरेको भए धार्मिक क्षेत्रबाट लाभ हुनेछ।

कर्कट : मन अशान्त बन्ने जोखिम छ। शनि उच्च स्थानमा भए आज प्रगति हुनेछ। यसका लागि जन्मकुण्डली हेर्नुपर्ने हुन्छ। परिवारसँग घुमघामको अवसर मिल्नेछ। लगानीका क्षेत्रमध्ये स्वदेशी लगानीमा अवसर देखेर मन शान्त बन्नेछ।

सिंह : मन अशान्त बन्ने जोखिम छ। शिक्षामा गरेको प्रयास सफल भए पनि सन्तुष्टि नमिल्ने जोखिम छ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। बाहिरको खानामा जोगिनु उचित हुनेछ। परिवारले राम्रो साथ दिनेछ। प्रेम सम्बन्ध सहज बन्नेछ।

कन्या : शिक्षाको क्षेत्रका बौद्धिक व्यक्तिसँग भेट हुनेछ। यस्तो भेटले सिर्जनात्मक काम गर्ने अवसर मिल्नेछ। उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

तुला : परिवारबाटै असहयोग हुने दिन छ। गोपनीयता भंग गर्नाले अप्ठेरो परिस्थिति बन्ने जोखिम छ। काम गरेर मात्र महत्त्वपूर्ण कुरा सार्वजनिक गर्नु उचित हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विपक्षी साथीले सहयोग गर्ने भएकाले कामलाई निरन्तरता दिनु उचित हुनेछ।

वृश्चिक : दाजुभाइसँगको सहकार्यबाट उन्नति हुनेछ। सहकर्मी अनुकुल भएकाले महत्त्वपूर्ण काम सहजै बन्नेछ। निजी क्षेत्रमा गरेको शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बौद्धिक व्यक्तिलाई विश्वास गर्दा घाटा हुने दिन छ।

धनु : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ। स्वास्थ्यले साथ दिँदा मनमा उत्साह बढ्नेछ। गोप्य कुरा सार्वजनिक नगर्नु उचित हुनेछ। उत्तरको एकल यात्रा नगर्नु राम्रो हुनेछ।

मकर : तपाईंको राशिमा चन्द्रमा पुगेकाले दिन राम्रो छ। नयाँ कामको सुरुवात हुनेछ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। एकल निर्णय लिएर अगाडि बढ्नु राम्रो हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। दाम्पत्य जीवनमा संकट देखिने जोखिम रहेको छ।

कुम्भ : साथीभाइको साथ मिल्नेछ। सम्पत्ति जोड्ने अवसर मिल्नेछ। गुम्न लागेको धन हात लाग्नेछ। बौद्धिक व्यक्तिले विरोध गरे पनि तपाईंले सोचेको काम बन्नेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।

मीन : सुरुवाती साढेसाती दशा जारी छ। जसका कारण सञ्चित धन खर्च हुनेछ। शिक्षामा गरेको प्रयासमा अझ मेहनत गर्नुपर्नेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ५ : २१ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ