उद्यमशीलताबाट रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता : देउवा « Khabarhub

उद्यमशीलताबाट रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता : देउवा


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेपाली कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको नेपाल स्टार्टअप र एसएमई समिटको उद्‌घाटन गर्दै सभापति देउवाले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुग्ने समेत बताए ।

स्टार्टअप उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्ने भन्दै उनले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुने उल्लेख गरे । थोरै लगानीमै स्टार्ट अप व्यवसायलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सके रोजगारीमा क्रान्ति ल्याउन सकिने उनको भनाइ छ ।

 देउवाले नेपाल स्टार्टअप र एसएमई सम्मेलन नवीन उत्पादन र लगानीकर्ताका लागि एक अवसर भएको बताए ।

सभापति देउवाले कृषि, वन, जडिबुटी, पर्यटन, प्रविधि जस्ता क्षेत्रको समुचित विकासमा विशेष ध्यान दिनसके मुलुकको आर्थिक अवस्था उकास्न ठूलो टेवा पुग्न सक्ने समेत बताए । उनले नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्द्धन गर्ने नीति लिएको धारणा राखे ।

सभापति देउवाले उद्यमी, व्यापारी, व्यवसायीहरूले भोग्नु परेका कानूनी तथा प्रक्रियागत झन्झटहरू अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न सरकारले आवश्यक कानून ल्याएको र कानूनले यस क्षेत्रको सुधारमा अवश्य पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शनी कार्यक्रम स्थलमा राखिएका ८० वटा स्टलहरूबाट बिक्री, वितरण एवं जानकारी समेत गराउने बताइएको छ । 

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १२ : २५ बजे

विरोध प्रदर्शनका क्रममा पक्राउ परेका राहुल गान्धी रिहा

नयाँदिल्ली– विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता

मनसुन विपद् तयारीबारे सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा प्रस्ताव

काठमाडौं– प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण

राष्ट्रिय एकतामार्फत संकट समाधान गर्न शेखरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई वर्तमान संकटबाट

न्युयोर्कसँग नेतान्याहुलाई पक्राउ गर्ने अधिकार छैन : मेयर ममदानी

न्युयोर्क- न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध अन्तर्राष्ट्रिय

भीष्मराजको जिकिर- मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप, पार्टी तोड्ने होइन, जोड्नुपर्छ

चितवन– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरूले पार्टी