हमासले बन्दी बनाएका ८ जनाको मृत्यु : इजरायल « Khabarhub

हमासले बन्दी बनाएका ८ जनाको मृत्यु : इजरायल


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायलले हमासले जारी गरेको सूचीमा रहेका ३३ बन्धकमध्ये ८ जना मारिएको बताएको छ । 

इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सारले यसको पुष्टि गरेका छन् । यसको मतलब आगामी समयमा हमासले १८ जना बन्धकलाई मात्रै रिहा गर्ने भएको छ । 

इजरायलले समुद्री फायरको पहिलो चरणमा अहिलेसम्म ७ जना बन्धकहरूलाई रिहा गरिसकेको छ। अब हमासले यसै साता थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । उनीहरूलाई बिहीबार र शनिबार गरी ३–३ गरी दुई वटा ब्याचमा रिहा गरिनेछ । 

बदलामा इजरायलले उत्तरी गाजामा रहेका प्यालेस्टिनी नागरिकहरूलाई सोमबार जनवरी २७ देखि फर्कन अनुमति दिइसकेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो जानकारी दिएका हुन् । उनीहरूलाई हमासले ७ अक्टोबर २०२३ मा बन्धक बनाएको थियो।

इजरायलले गत हप्ता शनिबार रिहा गरिएका चार महिला बन्धकसहित अर्बेल येहुदलाई रिहा गर्न माग गरेको थियो तर, हमासले शनिबार अर्बेललाई रिहा गरेको अझै छैन । इजरायलले यसलाई युद्ध विरामको उल्लङ्घन भनेको छ। 

युद्धविराम सम्झौता अन्तर्गत हमासले हालसम्म ७ जना इजरायली बन्धकहरुलाई रिहा गरिसकेको छ । यी सबै महिला हुन् । जसको बदलामा इजरायलले ३०० भन्दा बढी प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ ।

हमासले आइतबार इजरायललाई बाँकी बन्धकहरूको सूची हस्तान्तरण गरेको थियो । इजरायल र हमासबीच जनवरी १९ बाट युद्धविराम सुरु भएको थियो । युद्ध विरामको पहिलो चरण ४२ दिनको छ, जसमा सबै इजरायली बन्धकहरूलाई रिहा गरिनेछ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ३ : १३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार