सिरहाको ठाडी भन्सारमा लक्ष्यअनुसार उठेन राजस्व « Khabarhub

सिरहाको ठाडी भन्सारमा लक्ष्यअनुसार उठेन राजस्व


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको ठाडी भन्सार कार्यालयमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा कम राजस्व उठेको छ ।

यस भन्सार कार्यालयलाई आव २०८१-८२ मा चार करोड २३ लाख ४२ हजार राजस्व संकलन गर्ने लक्ष्य तोकिएकोमा पुस मसान्तसम्म दुई करोड पाँच लाख ६९ हजार लक्ष्य तोकिएको थियो । 

तर, छ महिनाको यस अवधिमा कार्यालयले रु एक करोड ७१ लाख ४५ हजार मात्र राजस्व संकलन गरेको छ । यो लक्ष्यको करिब ८४ प्रतिशत हुन आउँछ । 

कार्यालयका भन्सार अधिकृत मुकेशकुमार पाठकका अनुसार अपेक्षित राजस्व सङ्कलन हुन नसक्नुमा सिरहा जिल्लामा ‘खाद्य तथा प्लान्त क्वारेन्टाइन’ नहुनु हो । 

उनले भने, ‘यस जिल्लामा दुईवटा मूल भन्सार र एउटा छोटी भन्सार कार्यालय रहेका छन् । तर जिल्लामै खाद्य तथा प्लान्ट क्वारेन्टाइन नहुँदा खाद्य सामग्रीको भन्सार जाँचपास हुन सकेन र अपेक्षित राजस्व संकलन पनि हुँन सकेन ।’

भन्सार अधिकृत पाठकले प्लान्ट क्वारेन्टाइन कार्यालयको अभावमा चोरी निकासी तथा पैठारी हुने गरेको भन्दै खाद्य सामग्रीलाई वैधानिक रूपमा भन्सार जाँचपास प्रक्रियामा ल्याउन सके राजस्व संकलन दुई गुणाले बढ्ने दाबी गरे। सम्बन्धित मन्त्रालय तथा विभागमा पटक पटक पहल गरिए तापनि सुनुवाइ हुन नसकेको उनले जानकारी दिए । 

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ३ : ५८ बजे

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा

काठमाडौँ – केन्द्रको सत्ता गठबन्धन फेरबदल हुने भएपछि बागमती प्रदेशका

सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै गर्ने तयारी

बागमती– बागमती प्रदेश सरकारले यातयात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ

बालेनले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ५० जना प्रहरी कर्मचारीलाई