‘अर्थतन्त्र बलियो बनाउन सहकारीको मोडल अवलम्बन गर्नुपर्छ’  « Khabarhub

‘अर्थतन्त्र बलियो बनाउन सहकारीको मोडल अवलम्बन गर्नुपर्छ’ 


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुक्तिनाथ कृषि कम्पनीका प्रमुख सिताराम काफ्लेले नेपालको कृषि अर्थतन्त्रलाई बलियो बनाउनका लागि सहकारीको मोडल अवलम्बन गर्नुपर्ने बताएका छन् । 

नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनको तेस्रो सेसनमा बोल्ने वक्ताहरूले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । 

मुक्तिनाथ कृषि कम्पनीका प्रमुख काफ्लेले भने, ‘कृषिमा सफलताको लागि सहकारीको मोडलबाट नेपालको कृषि अर्थतन्त्र अगाडि बढाउने हो भने संस्थागत रूपमै नेपालको कृषि क्षेत्रको समस्या समाधान हुन्छ ।’

मुक्तिनाथ कृषि मोडल त्यसै अनुसार अगाडी बढेकोसमेत उनले जानकारी गराएका छन् ।

 उनले थपे, ‘नेपालको अर्थतन्त्रको जग नै कृषि पेसा हो । देशको धेरै जनसंख्या कृषिमा संलग्न छन् । जुन सानो वा ठूलो परिवार कृषि पेसामा समाहित भएर नै जिवीकोपार्जन गरिरहेका छन् । देशभर भएका सहकारीको कारण यो पेसामा लाग्ने व्यसायिकरुपमा सफल भएका र असफल भएको उदाहरण छ । कृषिलाई रूपान्तरण गर्नको लागि संस्थागत हुनुपर्छ । जसका लागि पब्लिक कम्पनीको व्यवस्थापन हुनुपर्छ ।’

त्यसैगरी हाइलाइफ अग्रो फुड इन्ड्रस्ट्रीज्का प्रमुख अम्बिका पौडेलले कांग्रेसले महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै अहिलेको कृषि अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न सके मात्र औद्योगीकरणमा नेपाल आत्मनिर्भर बन्नसक्ने बताए । त्यसका लागि कृषिमा काम गर्ने व्यावसायीहरुलाई विश्वास गर्नुपर्ने पनिसमेत उनले बताएका छन् । 

उनले थपे,’जबसम्म उत्पादन गर्ने निकाय र जिम्मा लिने निकायले कृषिलाई महत्वको साथ हेर्दैन तबसम्म किसानले मूल्य नपाउने समस्या रहिरहन्छ । कृषि क्षेत्रमा सप्लाइ चेन गर्न नसक्ने हो भने कृषि क्षेत्रमा रिफर्म सम्भव छैन ।’

कृषकका समस्या समाधान गर्नका लागि राज्यले राम्रो पोलिसी निर्माण गर्ने हो भने नेपालमा कृषि क्षेत्र कायापलट हुने र  अर्थतन्त्र पनि बलियो बनाउन सकिने अग्रो फुड इन्ड्रस्ट्रीज्का प्रमुख पौडेलको राय छ । 

त्यस्तै काठमाडौ विश्वविद्यालयका प्राध्यापक भिम श्रेष्ठले नेपालका धेरै युवाहरू कृषिमै काम गर्नका लागि बाहिर जाने प्रतिस्पर्धा गर्नु चिन्ताको विषय भएको बताएका छन् ।  

उनले पोलिसी निर्माण गर्दा कम्तिमा २० वर्ष  रिफर्मको यात्रा तय गर्न सक्नुपर्ने उनको तर्क छ । नेपालको वातावरणीय क्षेत्रलाई आत्मसाथ गरेर अध्ययन अध्यापनको थलो बनाउन सकियो भने पनि नेपालबाट प्राविधिक शिक्षा दिएर विद्यार्थी पठाउन सकिनेसमेत उनले बताए ।

घरेलु अथवा साना उद्योग महासंघका उपाध्यक्ष सान्ता बास्कोटा कोइरालाले नेपालको कृषि क्षेत्रको सम्भावनालाई उत्पादन र बजारीकरणको मापदण्ड बनाउनको लागि उत्पादनकर्ताले मात्र नसक्ने बताएकी छन् ।  

नेपाल हाल ३२ ओटा वस्तुमा आत्मनिर्भर भएको भन्ने उद्योग मन्त्रालयको तथ्यांकमा उल्लेख छ । बुधबारदेखि सुरु भएको नेपाल स्टार्टअप र एसएमई सम्मेलन बिहीबार बेलुका सम्पन्न हुनेछ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ४ : ४९ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष