समाजवादी मोर्चाले काठमाडौंमा आमसभा गर्ने, संयोजकमा विप्लव निरन्तर « Khabarhub

समाजवादी मोर्चाले काठमाडौंमा आमसभा गर्ने, संयोजकमा विप्लव निरन्तर


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले यही माघ २४ गते काठमाडौंमा बृहत् आमसभा गर्ने भएको छ।

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै बैठकले आगामी चैत पहिलो साता मधेश प्रदेशमा आमसभा गर्ने निर्णय पनि गरेको छ । उक्त सभा सञ्चालनकोर्ने जिम्मा महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई दिइएको छ ।

यो बैठकले विचार मिल्ने अन्य पार्टीलाई मोर्चामा ल्याउन अधिकतम् पहल गर्ने निर्णय पनि गरेको छ । आजको बैठकले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई नै संयोजकमा निरन्तरता दिएको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेसपा अध्यक्ष महिन्द्रराय यादव लगायत नेताहरू सहभागी थिए ।

यसअघि मोर्चाको सदस्य घटक उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल मोर्चाबाट बाहिरिएको छ । ०८२ वैशाखमा पार्टी फुटाइदिएपछि यादवले मोर्चा छोडेका थिए । माओवादी प्रचण्ड प्रधानमन्त्री हुँदा जसपा विभाजन गरिदिएपछि उपेन्द्र रिसाएर मोर्चा छाडेका छन् ।

यसअघि मोर्चाले मंगलबार मात्रै काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा विचार गोष्ठी गरेको थियो। मोर्चाले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार विषयमा गोष्ठी गरेको हो ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : १० बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको