घरेलु मैदानमै आरसिबीसँग चेन्नाई पराजित : नवौं क्रममा धोनीको हेर्न लायक ब्याटिङ « Khabarhub

घरेलु मैदानमै आरसिबीसँग चेन्नाई पराजित : नवौं क्रममा धोनीको हेर्न लायक ब्याटिङ


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर बंग्लोरु (आरसिबी)ले उत्कृष्ट प्रदर्शन कायम नै राखेको छ । आरसिबीले शुक्रबार भएको खेलमा चेन्नाई सुपर किङलाई ५० रनले हरायो ।

१९७ रनको लक्ष्य पछ्याएको चेन्नाई ८ विकेट गुमाउँदै १४६ रनमा सीमित भयो । चेन्नाईका रचिन रविन्द्रले ३१ बलमा ४१ रन जोड्नु बाहेक शीर्ष क्रमका चार ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नवौँ क्रममा ब्याटिङ गरेका महेन्द्र सिंह धोनीले १६ बलमा ३० रन जोडे । रवीन्द्र जडेजाले २५ रन जोडे ।

चेन्नाईमा जोस हजेलउडले चार ओभरमा २१ रन खर्चेर तीन विकेट लिए । यसैगरी यस दयाल र लियाम लिभिङस्टोनले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले सात विकेटको क्षतिमा १९६ रन बनाएको थियो । उसका लागि कप्तान रजत पाटीदरले ३२ बलमा ५१ रन जोडे । उनको पारीमा चार चौका र तीन छक्का समावेश थियो । पाटिदरको क्याच चेन्नाईले तीन पटक मिस गरेको थियो । चेन्नाईका कप्तान ऋतुराज गाइक्वाड त्यो नै हारको मुख्य कारण भएको बताउँछन् । पाटिदर खेलको म्यान अफ द म्याच बने ।

फिल साल्टले १६ बलमा ३२ रन जोडे भने विराट कोहलीले धिमा गतिमा रन बटुल्ने क्रममा ३० बलमा ३१ रन बनाए ।

टिक डेभिडले ८ बलमा २२ रन जोडे । उनले २० औँ ओभरमा साम कुरानलाई लगातार तीन छक्का प्रहार गरे । यसअघिको खेलमा छाएका नुर अहमदले दोस्रो खेलमा ३६ रन खर्चेर तीन विकेट लिए । सन् २००८ यता चेन्नाई आरसिबीसँग घरेलु भूमिमा हारेको यो पहिलो पटक हो ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ५ : ५१ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले