आदित्यनाथलाई भेट्न लखनऊ पुगे राजदूत शर्मा « Khabarhub

आदित्यनाथलाई भेट्न लखनऊ पुगे राजदूत शर्मा


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका लागि नेपाली राजदूत डाक्टर शंकरप्रसाद शर्माले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्।

नेपालमा राजावादीहरुको आन्दोलनमा योगी आदित्यनाथको समर्थन रहेको अड्कलबाजी भइरहेको अवस्थामा उत्तर प्रदेशको राजधानी लखनउमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा द्विपक्षीय व्यापार विस्तार र आर्थिक सहकार्य, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन, उच्च शिक्षा र छात्रवृत्तिको अवसरहरू, जलविद्युत् र अन्य ऊर्जा परियोजनामा सहकार्य, यातायात तथा कनेक्टिविटी सुधार, सीमा सुरक्षा, आपसी सहकार्य, र विकासका सम्भावनाबारे छलफल भएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ।

राजदूत शर्मा र मुख्यमन्त्री योगी आदित्यनाथबीच नेपाल–भारत सम्बन्धलाई थप मजबुद बनाउने विषयमा कुराकानी भएको बुझिएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ७ : २० बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

रमेश लेखकलाई बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको