जुम्लाको चन्दननाथ र तातोपानीबीच भगिनी सम्बन्ध « Khabarhub

जुम्लाको चन्दननाथ र तातोपानीबीच भगिनी सम्बन्ध


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाबीच स्थानीय पर्यटन प्रवर्द्धन गर्नका लागि भगिनी सम्बन्ध कायम भएको छ ।

दुवै पालिकाको सीमा क्षेत्र एकआपसमा जोडिएकाले अधिकांश विषय संयुक्त रूपमा सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिए ।

एकआपस समन्वय सहकार्य र साझेदारीमार्फत दुई पालिकाबीच अनुभव आदानप्रदान गर्ने उद्देश्यले भगिनी सम्बन्ध स्थापित गरिएको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताए ।

गाउँपालिकाका अध्यक्ष चौलागाईँ र चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले १५ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध गाँसेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए ।

शिक्षा, स्वास्थ्य खानेपानी, जलविद्युत्, यातायात पर्यटनलगायत क्षेत्रमा दीर्घकालीन योजना बनाएर सहलगानीमा अघि बढ्ने भगिनी सम्बन्धको उद्देश्य रहेको तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थ कठायतले बताए ।

दुवै पालिकाको संस्थागत सबलता र सुदृढीकरणमा सहकार्य गर्ने, असल अभ्यास तथा सफल अनुभवको आदानप्रदान गर्ने, स्थानीय पर्यटन प्रवर्द्धन गर्ने, प्रकृति र पर्यावरणको संरक्षण गर्ने, स्थानीय सुशासनमा सहकार्य गर्ने, स्थानीय सरकारबीच साझेदारी कार्यक्रम गर्ने, स्थानीय उत्पादन र बजार व्यवस्थापनमा सहकार्य गर्ने भगिनी सम्बन्धका क्रममा भएको सहमतिपत्रमा उल्लेख गरिएको छ ।

मानवीय पालिका बनाउने, आपसीहितका लागि अध्ययन तथा अवलोकन गर्ने, फोहरमैला व्यवस्थापनमा साझा लगानी गर्ने, सीमा विवाद क्षेत्र निर्धारण, तिला नदीको संरक्षण र सवारी साधनको प्रयोग सहलगानीमा गर्ने सहमतिपत्रमा रहेको छ । 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ७ : ०२ बजे

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको

३९ वर्ष पुरानो ज्याकेट अझै फिट, ‘मिस्टर इन्डिया’ को पहिरनमा देखिए अनिल कपूर

काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना