शिक्षकको आन्दोलन आज पनि जारी, प्रदर्शन थप बलियो बनाउन अध्यक्ष सुवेदीको आग्रह « Khabarhub

शिक्षकको आन्दोलन आज पनि जारी, प्रदर्शन थप बलियो बनाउन अध्यक्ष सुवेदीको आग्रह


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल शिक्षक महासङ्घको अगुवाइमा काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने भएको छ । 

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत मङ्गलबार पनि आन्दोलन जारी रहने भन्दै आन्दोलन बिना केही नपाइने भएकाले थप बलियो बनाउन शिक्षक तथा विद्यालय कर्मचारीलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्– ‘हाम्रो आन्दोलन जारी छ । आज पनि ठिक  ११ बजे माइतीघर मण्डला आउनुहोला । राज्य दिन चाहँदैन, आन्दोलन बिना केही पाइँदैन  । त्यसैले आन्दोलन  बलियो गराऔँ ।’

उनले सोमबार राति शिक्षा मन्त्रालयमा विभिन्न विषयमा लामो छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको बताएका छन् ।

सोमबारको वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिएका थिए । महासङ्घका अध्यक्ष सुवेदीले भने केही विषयमा छलफल भए पनि धेरै विषय बाँकी रहेकाले निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने प्रतिक्रिया दिएका छन् ।

शिक्षक महासङ्घको अगुवाइमा शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ८ : ३४ बजे

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी ७०औँ सभामा मन्त्री श्रेष्ठको सम्बोधन

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा बेङ्गलुरु र हैदराबाद भिड्ने

काठमाडौं – भारतमा आयोजना हुने चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म