आज २०८२ साल वैशाख १६ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल वैशाख १६ गते मंगलबारको राशिफल


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख १६ गते मंगलबार। वैशाख शुक्ल पक्षको द्वितीया थिति। तदनुसार सन् २०२५ अप्रिल २९ तारिख। विश्व नृत्य दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। अगाडि बढ्न अवरोध देखिने छन्। निर्णय क्षमताको आवश्यकता देखिन्छ। मनमा धेरै खटपटी हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीमा उत्साह बढ्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

वृष : खर्च बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु राम्रो हुन्छ।

मिथुन : मनमा उत्साह बढ्नेछ। साना योजनालाई रोकेर ठुलाठुला कामको सुरुवात गर्नु राम्रो हुनेछ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र प्रगति हुनेछ। समयको सदुपयोग गर्नुपर्ने दिन आएको छ।

कर्कट : आज तपाईले लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारमा विवादको जोखिम देखिन्छ। लगानी गरेको क्षेत्रबाट नाफा आर्जन हुनेछ।

सिंह : सोचेर निर्णय गर्नुपर्ने दिन हो। अग्रजको सुझाव अनुसार काम गर्दा नाफा हुनेछ। परिवारको साथमा अगाडि बढे फाइदा हुनेछ। लगानीका लागि हिम्मत गर्नु राम्रो हुनेछ।

कन्या : लामो समय रोकिएको कामको सुरुवात हुनेछ। वैदेशिक क्षेत्रमा घाटा हुने भएकाले नगर्नु उचित हुन्छ। विदेशको लगानीबाट मनमा उत्साह बढ्नेछ। व्यवहार गर्दा मर्यादा नभुल्नु राम्रो हुन्छ।

तुला : आफन्तको चिन्ता गरेर आफूलाई भुल्ने जोखिम देखिन्छ। खानपान र नियमित औषधी छुटेर रोग बढ्ने देखिन्छ। लगानीका अवसर धेरै भएकाले सोचेर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। लगानी र श्रमको उचित मूल्यांकन हुनेछ। काम सम्पन्न नभएसम्म मनको कुरा कसैलाई नभन्नु राम्रो हुन्छ। ठुलो लगानी नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

धनु : मान र मर्यादाले तपाईंलाई उचाईमा पुर्याउने छ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। लगानीका अवसर थुप्रै भएकाले यसलाई सदुपयोग गर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : मन चिन्तित रहनेछ। मन अशान्त बन्नेछ। ठुलो योजनामा हात नहाल्नु राम्रो हुनेछ। अनावश्यक तर्क गर्दा आफैंलाई घाटा हुनेछ। धार्मिक कार्यमा संलग्न भएमा दिन सहज बन्नेछ।

कुम्भ : कडा प्रतिस्पर्धामा सहभागी भएर सफलता प्राप्त गर्ने योग छ। कृषि र पशुपालन क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीले उत्साह बढ्नेछ। शिक्षा क्षेत्रमा भने राम्रो नतिजा प्राप्त नहुने जोखिम देखिन्छ।

मीन : दाजुभाइ वा दिदीबहिनीको सहयोग लिएर अगाडि बढ्ने समय छ। धेरै बोल्दा घाटा हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : ०५ बजे

ओमानविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – टी–२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणमा नेपालका

एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही

पेट्रोलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएकाे छ ।