बत्ती निभेपछि स्पेन र पोर्चुगलका धेरै शहरमा संकटकाल « Khabarhub

बत्ती निभेपछि स्पेन र पोर्चुगलका धेरै शहरमा संकटकाल


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

स्पेन – स्पेन र पोर्चुगलमा एकाएक विद्युतमा संकट देखिएपछि संकटकालको घोषणा गरिएको छ। पोर्चुगलको ग्रिड अपरेटर रेडेस इनर्जेटियाकस नासियोनियासले आइबेरियन प्रायद्वीपमा बत्ती निभेको जनाएको छ।

पोर्चुगलमा बत्ती निभेको एक घण्टामा नै स्पेनका प्रधानमन्त्री पेड्रो साँचेजले बत्ती निभ्नुको कारण थाहा नभएको बताए।

त्यहाँको यातायातसमेत अवरुद्ध भएको छ। दुवै देशमा अहिले यसको समस्या समाधानका लागि बैठक बसिरहेको छ। स्पेनको अनाडालुसिया, एक्सट्रेमाडुरा, माउरसिया ला रोजा र म्याड्रिडमा सङ्कटकाल लागेको छ।

पोर्चुगलका प्रधानमन्त्रीले यो अवस्था आउनुमा विदेशी देश कारक भएको हुनसक्ने बताएका छन्।

स्पेनका दक्षिणमा रहेको धेरै शहर अहिले प्रभावित भएका छन्। यातायात व्यवस्थामा नै संकट आएपछि म्याड्रिड, लिस्बन, बार्सिलोना, सेभिया र भ्यालेन्सियाका मानिसको आवात जावतमा कठिनाइ भएको छ। यो क्षेत्र बढी जनघनत्व भएको क्षेत्रको रूपमा रहेको छ।

युरोपियन युनियनका सबै भन्दा व्यस्त रहेका पाँच मध्यका दुई एयरपोर्ट बार्सिलोना र म्याड्रिड नै अहिले प्रभावित भएका छन्।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ७ : २० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना