लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित « Khabarhub

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- पर्यटकलाई सेवा दिने ध्येयले लुम्बिनी विकास कोषद्वारा यहाँ सञ्चालित विद्युतीय सवारीसाधन पछिल्लो समय प्रयोगहीन भएका छन् ।

एसियाली विकास बैंकको दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गतको क्लिन इनर्जी फण्डबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवरद्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत १९ विद्युतीय सवारीसाधन कोषले यहाँ ल्याएको थियो ।

लुम्बिनीमा ल्याइएका १४  भ्यान र पाँचवटा विद्युतीय बस वातानुकूलित, अपाङ्गमैत्री र स्वचालित ढोका भएका छन् । प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता छ । एकपटक पूरा चार्ज गरेपछि चार सय किमी गुड्ने उक्त बस/भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा रहेको जनाइएको छ ।

यही वैशाख १३ गते लु१झ ६९६ नम्बरको विद्युतीय भ्यान लुम्बिनी ग्रामक्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना समेत भएको थियो । सेतोलाई हरियो नम्बर प्लेटमा रूपान्तरण गरी दाताको उद्देश्यअनुसार सञ्चालन गर्न अदालतले एक महिनाको समयसीमा तोकेर परमादेश जारी गरेको, लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए । उनले भने, ‘उक्त समयसीमा पनि नाघिसक्यो, अवस्था ज्युँका त्युँ छ ।’

‘कानुनी अस्पष्टताका कारण सेतो प्लेटका सवारीसाधनलाई उद्देश्यअनुसारको प्रयोगमा ल्याउन सकेका थिएनौँ । अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ’, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भने, ‘अब हरियो प्लेट बनाएर उद्देश्यअनुसारको प्रयोगमा ल्याइने छ ।’

लामो समयसम्म खुला आकाशमुनि एकै ठाउँमा थन्क्याएर राख्दा जाम हुने, बिग्रिने र ब्याट्री डिस्चार्ज हुनेजस्ता डर भएर कोषले आन्तरिक प्रयोजनका लागि गुडाउँदै गर्दा केही सवारीसाधनमा सामान्य क्षति पुगेको र  आगामी दिनमा त्यस्तो नहुन नदिने बताएको छ । 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ९ : ३२ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना