लौका खेतीबाट एक याममा चार लाख रुपैयाँ आम्दानी | Khabarhub Khabarhub

लौका खेतीबाट एक याममा चार लाख रुपैयाँ आम्दानी


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीगढी गाउँपालिका– ५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौका खेती गरी एक याममा चार लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

वार्षिक २० हजार रुपैयाँमा अरुसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौका खेती गरेको बताउँदै उनले सात कठ्ठा जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिए । ती बिरुवा रोप्दा ५० हजार रुपैयाँ लगानी भएको उनको भनाइ छ ।

बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा ५० हजार रुपैयाँ खर्च भएको भन्दै उनले एक याममा चार लाखसम्म आम्दानी हुने जानकारी बताए । युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा चार लाखसम्म आम्दानी हुने भन्दै उनले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गरे ।

उराँवले भिरालो जग्गामा तीन महिनादेखि वर्षभरि फल्ने कदु खेतीबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको बताए ।

उनले गाउँपालिका क्षेत्रमा पहिलो पटक भाडा जग्गामा लिएर लौकाखेती गरेका हुन् । लौका सुरुमा प्रतिगोटा ८० रुपैयाँमा बिक्री गरेकामा अहिले २० देखि २५ रुपैयाँमा बिक्री हुँदा पनि चार लाख रुपैयाँ आम्दानी भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १० : ०३ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको