लौका खेतीबाट एक याममा चार लाख रुपैयाँ आम्दानी « Khabarhub

लौका खेतीबाट एक याममा चार लाख रुपैयाँ आम्दानी


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीगढी गाउँपालिका– ५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौका खेती गरी एक याममा चार लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

वार्षिक २० हजार रुपैयाँमा अरुसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौका खेती गरेको बताउँदै उनले सात कठ्ठा जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिए । ती बिरुवा रोप्दा ५० हजार रुपैयाँ लगानी भएको उनको भनाइ छ ।

बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा ५० हजार रुपैयाँ खर्च भएको भन्दै उनले एक याममा चार लाखसम्म आम्दानी हुने जानकारी बताए । युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा चार लाखसम्म आम्दानी हुने भन्दै उनले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गरे ।

उराँवले भिरालो जग्गामा तीन महिनादेखि वर्षभरि फल्ने कदु खेतीबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको बताए ।

उनले गाउँपालिका क्षेत्रमा पहिलो पटक भाडा जग्गामा लिएर लौकाखेती गरेका हुन् । लौका सुरुमा प्रतिगोटा ८० रुपैयाँमा बिक्री गरेकामा अहिले २० देखि २५ रुपैयाँमा बिक्री हुँदा पनि चार लाख रुपैयाँ आम्दानी भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १० : ०३ बजे

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई

काठमाडौँ – अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्रीद्वय रोबर्ट हल र