फुल्दै गरेको स्याउका बोटमा वर्षाले असर « Khabarhub

फुल्दै गरेको स्याउका बोटमा वर्षाले असर


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– फुल्दै गरेको स्याउको बोटमा वर्षाले असर गरेको छ । यसबाट स्याउ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ ।

जिल्लामा स्थानीय जातका स्याउका बोटमा यसवर्ष निकै कम फूल फुलेको र वर्षा भइरहँदा फुल्दै गरेका स्याउको बोटमा असर गरेकाले स्याउ उत्पादन कम हुने प्रक्षेपण गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फार्मका कार्यालय प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए ।

उनले भने, ‘गत वर्ष धेरै फूल फुलेर स्याउ उत्पादन बढी भएको थियो । यसवर्ष बोटमा सञ्चित इनर्जी निकै कम हुँदा फूल पनि निकै कम फुलेको थिए । फुलेका फूल पनि हावा र पानीले असर गर्‍याे । स्याउ बोटमा फूल धेरै फुल्न इनर्जी आवश्यकता पर्छ, बोटमा स्याउको फूल धेरै भए पनि अर्को वर्ष फूल फुलाउन स्याउ बोटले आवश्यक सञ्चित इनर्जी प्राप्त गर्न सक्दैन ।’

जिल्लामा गत वर्ष स्याउ उत्पादन राम्रो भएको केन्द्र प्रमुख आत्रेयले बताए । गत वर्ष सात हजार ३३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यसभन्दा अघिल्लो वर्षभन्दा सात सय ३४ मेट्रिक टन स्याउ उत्पादन वृद्धि भएको थियो ।

जिल्लाका स्थानीय जातका स्याउ बगैँचा बोटमा फूल कम देखिए पनि उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) स्याउको बोटमा भने खासै असर नपुगेको केन्द्र प्रमुख आत्रेयले बताए । 

उनले भने, ‘हामीले कोवाङ, टुकुचे, मार्फा, स्याङ, ठिनी, जोमसोम र मुक्तिनाथका स्याउ बगैँचाका अवलोकन गरेका थियौँ, जहाँ स्थानीय जातका बोटमा फूल निकै कम देखिए पनि हाइब्रिड स्याउमा भने खासै असर परेको देखिएन ।’

यस वर्ष स्थानीय जातका स्याउ कम फल्ने लक्षण देखिए पनि हाइब्रिड स्याउ उत्पादनमा कुनै असर नपर्ने केन्द्र प्रमुख आत्रेयको भनाइ छ ।

जिल्लामा स्याउ उत्पादनका लागि मौसमसमेत प्रतिकूल बनेको छ । स्याउको फूल फुल्दै गरेको अवस्थामा निरन्तरको वर्षा र कुहिरोका कारण स्याउ बोटको फूलमा फल लाग्न बाधक बनेको हो । 

अगौटे जातका फलफूल यतिबेला फूल फुलेर फल लागिसकेका छन् । अगौटे जातलाई वर्षाले असर नगरे पनि  ढिलो फूल फुल्ने मध्यम जातका फलफूल खेतीलाई निरन्तरको वर्षा र कुहिरोले असर गर्ने केन्द्र प्रमुख आत्रेयले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ११ : ४५ बजे

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?

विश्वकपले नै निर्धारण गर्नेछ रोनाल्डोको अन्तिम विरासत !

काठमाडौं । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो

समूह ‘ए : जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका, अर्को खेलमा मेक्सिको र कोरिया भिड्ने

काठमाडौं – चेक रिपलब्लिक र दक्षिण अफ्रिका दुबैले समूह ‘ए’को