दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु « Khabarhub

दुलेगौडा–साखे सडक स्तरोन्नति सुरु


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दमौली– यहाँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा साखे सडक स्तरोन्नति सुरु गरिएको छ । शुक्लागण्डकी नगरपालिका र सडक बोर्डको साझेदारीमा उक्त सडक स्तरोन्नति सुरु गरिएको हो । 

सो सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–८ ढोरबाराहीको बाराही खोलादेखि मान्द्रे खण्ड सडक स्तरोन्नति भइरहेको वडाध्यक्ष नारायण थापाले जानकारी दिए । रु १५ लाखमा उक्त खण्ड ढलान सुरु गरिएको उहाँले बताउनुभयो । यस खण्डमा १५० मिटर सडक ढलान हुनेछ । 

शनिबारदेखि उक्त सडकखण्डको बराहखोला कल्भर्ट, कुमारी बैंक अगाडि र भाटीको डिल खण्डमा सवारी आवागमन बन्द गरिएको छ । एक महिनासम्म उक्त बाटो बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । 

त्यसैगरी भानु नगरपालिका–१२ स्थित भिसी शेरबहादुर सडकअन्तर्गत चन्द्रावती–घलेछाप सडकखण्ड स्तरोन्नति थालिएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालयको बजेटबाट स्तरोन्नति थालिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु एक करोड बजेटमा उक्त खण्डअन्तर्गत ढुङ्गेधारा घुम्तीबाट ४७० मिटर कालोपत्रसहित आवश्यक संरचना निर्माण भइरहेको वडा सदस्य सुदीप केसीले जानकारी दिए । शहरी विकास मन्त्रालयको रु एक करोड बजेटबाट ४९० मिटर कालोपत्रसहित अन्य संरचना निर्माण गरिने केसीले जानकारी दिए ।

पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वयन भएको २० लाख बजेटबाट सुरुआती विन्दु चन्द्रावतीमा १८० घनमिटर ग्याबिन जाली र ५४ घनमिटर पक्की नाला निर्माण सम्पन्न भइसकेको छ ।

भानु नगरपालिकामार्फत ठेक्का लागेको र निर्माण पक्षले पटक-पटक समय थप गर्दासमेत काम नगरेकाले सुरुआती विन्दुबाट कुडुलेसम्मको ठेक्का तोडी रु ७५ लाखमा करिब ९५० मिटर कालोपत्र सुरु गरिएको केसीले बताए। 

हाल भइरहेको ४७० मिटर कालोपत्र सम्पन्न हुन केही दिन लाग्ने जनाइएको छ । हाललाई माथिल्लो घलेछाप, ओख्ले, बयापानी जाने उपभोक्ताहरुले वैकल्पिक मार्ग चन्द्रावती–अर्चले–आरबाजेमार्फत यात्रा गर्न आग्रह गरिएको छ ।  

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १२ : ०१ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा