गगन थापालाई अदालतले माग्यो लिखित जवाफ « Khabarhub

गगन थापालाई अदालतले माग्यो लिखित जवाफ


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको छ । सर्वोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले महामन्त्री थापासँग लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे टिप्पणी गरेपछि अधिवक्ताहरू विशाला थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले आइतबार सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । 

लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र : अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा महामन्त्री थापाले संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति र त्यसविरुद्ध परेको रिटमाथि भइरहेको अदालती कारबाहीबारे टिप्पणी गरेका थिए । 

महामन्त्री थापाले यसो भनेका थिए – 

सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयहरूलाई दुई, अढाई, तीन वर्षदेखि तँलाई हान्दिऊँ, तँलाई हान्दिऊँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याई-नभ्याई भन्छ । कहिले भोलि हेर्ने भन्छ, कहिले पर्सि हेर्ने भन्छ । त्यो, त्यसले के गर्छ ? 

अदालतको विश्वासप्रति प्रश्न गराउँछ । यो विषय एउटा संवैधानिक नियुक्ति भएको विषय, त्यो आयोगले गरेको काम, त्यसमा भएको नियुक्ति भएका मानिसहरूको टर्म सकिन लागिसक्यो । जान लागिसक्यो । 

अब त्यो ठीक थियो कि बेठिक थियो भनेर परीक्षण गर्ने कुरा नेपालको सम्मानित अदालतको लागि चाहिँ चार वर्ष, साढे चार वर्ष समय लाग्छ ? त्यो पनि आइतबार हेरुम्, पख्लास् शुक्रबारसम्म, भ्याई-नभ्याई, हेर्दाहेर्दै भनेर जसरी यो विषयलाई अदालतमा एक्जाम्पल दिएको मैले । अदालतले डिल गर्‍यो । त्यो अदालतप्रतिको विश्वसनीयता के रहन्छ ?

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : ३४ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा