क्यानाडाका कार्नीसँग काम गर्न उत्सुक छौँ : प्रधानमन्त्री मोदी | Khabarhub Khabarhub

क्यानाडाका कार्नीसँग काम गर्न उत्सुक छौँ : प्रधानमन्त्री मोदी


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना क्यानाडाली समकक्षी मार्क कार्नीलाई चुनावको जितका लागि बधाई दिँदै नयाँदिल्ली र ओटावाबीचको सम्भावित सम्बन्ध पुनःस्थापित हुने आशा व्यक्त गरेका छन् ।

‘हामी हाम्रो साझेदारी सुदृढ गर्न र हाम्रा जनताका लागि थप अवसरहरू खोल्न तपाईंसँग काम गर्न तत्पर छौँ’, मोदीले भने, ‘भारत र क्यानाडा साझा लोकतान्त्रिक मूल्यहरू, कानूनको शासनप्रति दृढ प्रतिबद्धता र जीवन्त जनता–देखि–जनता सम्बन्धहरूले बाँधिएका छन् ।’

क्यानाडा र भारतबीचको सम्बन्ध एक क्यानाडाली सिखको हत्यामा नयाँदिल्लीको संलग्नताको आरोप पश्चात तनावग्रस्त भएको थियो । उक्त आरोपलाई भारतले अस्वीकार गरेको थियो ।

क्यानाडा भारत बाहिरको सबैभन्दा ठूलो सिख समुदायको घर हो र यसमा ‘खालिस्तान’ का कार्यकर्ताहरू समावेश छन् । खालिस्तान भारतीय क्षेत्रबाट कोरिएका धार्मिक अल्पसङ्ख्यकहरूका लागि स्वतन्त्र राज्यको खोजी गर्ने एउटा पृथकतावादी आन्दोलन हो ।

ओटावाले यसअघि भारतलाई सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्या गरेको र आन्दोलनसँग सम्बन्धित अन्य सिख कार्यकर्ताहरूलाई लक्षित गरेको आरोप लगाएको थियो ।

भारतले बारम्बार ती आरोपहरूलाई खारेज गरेको छ । यसले कूटनीतिक सम्बन्धहरूलाई तल झा¥यो र दुवै राष्ट्रले गत वर्ष शीर्ष कूटनीतिज्ञहरूको एक शृङ्खलालाई निष्कासन गरे ।

खालिस्तान अभियान भारतको सन् १९४७ को स्वतन्त्रतादेखि सुरु भएको हो र यो अभियानलाई एक प्रधानमन्त्रीको हत्या र यात्रु जेटको बम विस्फोटका लागि दोषी ठहराइएको छ ।

यो भारत र ठूलो सिख जनसङ्ख्या भएका धेरै पश्चिमी राष्ट्रहरू बिचको कटु मुद्दा भएको छ । नयाँदिल्लीले भारतमा प्रतिबन्धित खालिस्तान आन्दोलनविरुद्ध कडा कारबाहीको माग गर्दछ । यसमा प्रमुख नेताहरूलाई ‘आतंकवाद’ को आरोप लगाइएको छ ।
 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : ४० बजे

कांग्रेसको निष्कर्ष- अहिलेलाई एमालेसँगको गठबन्धनको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको निष्कर्ष

चार वर्षअघि बरामद गरिएको चालीस लाखभन्दा बढीको चिनी नष्ट

पाल्हीनन्दन– यहाँको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले ४० लाख

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा सन्तोष कुँवरले

जुम्लाको राक्से पाटनमा पहिरो जाँदा १३ भेडा पुरिए

कर्णाली– तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरिरहेका