अर्थसंक्षेप : 'कछुवा गति’ मा बन्दै पूर्व-पश्चिम रेल, १५ अंकले घट्यो नेप्से र प्राधिकरणलाई श्वेतपत्र सार्वजनिक गर्न रोक | Khabarhub Khabarhub

अर्थसंक्षेप : ‘कछुवा गति’ मा बन्दै पूर्व-पश्चिम रेल, १५ अंकले घट्यो नेप्से र प्राधिकरणलाई श्वेतपत्र सार्वजनिक गर्न रोक


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

‘कछुवा गति’ मा बन्दै पूर्व-पश्चिम रेल : यही पाराले डेढसय वर्ष लाग्न के बेर ?

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाइरहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको अवस्था दयनीय देखिएको छ । रेलमार्ग परियोजना सुरु गरेको १६ वर्षमा आधा खर्ब बढी बजेट सरकारले खर्च गरेपनि नतिजा भने प्रारम्भिक अवस्थामा नै छ ।

नेपालमा गणतन्त्र स्थापनापछि आर्थिक वर्ष (आव) ०६६/६७ बाट राष्ट्रिय गौरवको आयोजनाको रूपमा यो परियोजना सुरु भएको थियो । तर, अहिलेकै गतिमा यसको कामले निरन्तरता पायो भने सम्पन्न हुन ढेढसय वर्ष लाग्ने अनुमान गर्न सकिन्छ ।
जतिबेलासम्म अहिलेको औसत आयुबाट हेर्दा २ पुस्ता नेपालीले उपभोग नै गर्न पाउँदैनन् भने तेस्रो पुस्ता पनि बुढो भइसकेको हुनेछ ।

नेप्से १५ अंकले घट्यो, कारोबार कति ?

बजाजले ल्यायो ‘बजाज ग्रान्ड कार्निभल’ योजना

दिगो लगानीको लागि एनएमबि बैंकको पहल, आईएफसी, बीआईआई र मेटलाइफसँग साझेदारी

सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि

सिंहदरबारलाई यसरी नतिजा शून्य बनाउँदैछन्‌ ओली

नेपालको सबैभन्दा शक्तिशाली र अधिकार तथा स्रोतसम्पन्न निकाय हो – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ! राणा प्रधानमन्त्री चन्द्र समशेरले बनाएको यही पुनःनिर्मित दरबारमा हालसम्म नेपालका प्रधानमन्त्रीको सरकारी कार्यालय छ ।

अहिलेहाल उक्त सरकारी कार्यालयका प्रमुख केपी शर्मा ओली सम्पूर्ण शक्ति र अख्तियारी परिचालन गर्नुपर्ने भूमिकामा छन्, जो गणतन्त्र नेपालका कार्यकारी प्रधानमन्त्री हुन् ।

सामान्यताः संसदीय लोकतन्त्र भएका मुलुकमा हुने गरेको अभ्यासभन्दा फरक गरी बनेको वर्तमान सत्ता गठबन्धनमा तल्लो सदन (प्रतिनिधि सभा) का दुई प्रमुख दल नै सम्मिलित छन् । यस्तो शक्तिशाली सरकारको कामकारबाहीलाई सुव्यवस्थित र प्रभावकारी बनाउन मन्त्रिपरिषद् अन्तर्गतका समिति सङ्ख्या नै पाँचवटा छ ।

प्रधानमन्त्री कार्यालयमा आसिन ओलीसँग अवशिष्ट (अरूले प्रयोग गर्न नसक्ने) सहित ४८ काम, कर्तव्य र अधिकार छन् । नौ वटा महाशाखा र २३ शाखासहितको कार्यालयमा स्थायी कर्मचारीको दरबन्दी तेरिज नै १७२ जनाको छ । यत्तिले नपुगेर थप ३१ दरबन्दी करारको छ ।

काभ्रे-कोशीपूर्व सडक : पन्ध्र वर्षपछि कालोपत्र 

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति

स्वदेशी उद्योगबाट उत्पादित सामग्रीलाई प्रोत्साहन हुने नीति ल्याउन संसदीय समितिको सुझाव

विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार्न आग्रह

सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद जबराले मुलुकको राजस्वले सामान्य खर्च पनि धान्न नसक्ने र विदेशबाट युवाले पठाएको ‘रेमिट्यान्स’का भरमा मुलुकको अर्थतन्त्र धानेको उल्लेख गर्दै अर्थतन्त्र सुधार गर्न विद्युत् उत्पादन बढाउनुपर्ने सुझाव दिए।

नेपाल विद्युत् प्राधिकरणलाई श्वेतपत्र सार्वजनिक गर्न रोक

आँधीखोला गाउँपालिकाको जुग्ले–बाँगे सडक कालोपत्र

व्यास नगरपालिकाद्वारा नकुहिने फोहर बेचेर १४ लाख आम्दानी

कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ७ : २२ बजे

पूर्वराष्ट्रपति भण्डारीको क्षतिग्रस्त घरको गृहमन्त्रीले गरे निरीक्षण

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको

बत्तीसपुतलिमा संस्थापन पक्षको भेला 

काठमाडौं– नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरु भएको छ

फुटबल खेलाडीहरूले आफ्नो मेडल एन्फालाई उपहार दिएपछि…

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच

विभिन्न हतियारसहित एक जना पक्राउ

काठमाडौं– तारकेश्वर नगरपालिका-११ मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने कैलाली टीकापुर नगरपालिका-१

सुदन गुरूङको आक्रोश : गृहमन्त्री ओमप्रकाश अर्यालले अब राजीनामा दिनुपर्छ 

काठमाडौं– जेन-जी आन्दोलनका अगुवा सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालको तत्काल राजीनामा