भारतले भन्यो : पाकिस्तानले अन्तर्राष्ट्रिय सीमामा युद्धविराम उल्लंघन गर्न थाल्यो « Khabarhub

भारतले भन्यो : पाकिस्तानले अन्तर्राष्ट्रिय सीमामा युद्धविराम उल्लंघन गर्न थाल्यो


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । पहलगाम आतंकवादी हमलापछि भारतको कडा अडानबाट पाकिस्तान त्रासमा छ । उसले अन्तर्राष्ट्रिय सीमामा पनि युद्धविराम उल्लंघन गर्न थालेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

यसअघि पनि पाकिस्तानले पाँच दिनदेखि नियन्त्रण रेखा (एलओसी) मा युद्धविराम उल्लंघन गर्दै आएको बताइएको छ । मंगलबार र बुधबार राति पाकिस्तानी चौकीहरूबाट गोली चलेको आवाज सुनिएको आज तकले समाचारमा उल्लेख गरेको छ । 

यद्यपि, भारतले पाकिस्तानलाई उचित जवाफ दिइएको पनि समाचारमा बताइएको छ । पाकिस्तानले गरेको युद्धविराम उल्लंघनपछि, नियन्त्रण रेखाका धेरै क्षेत्रहरूमा गतिविधिहरू बढेको र  भारतीय सेनाले परिस्थितिमाथि नजिकबाट नजर राखिरहेको छ ।

सीमावर्ती क्षेत्रहरूमा अपरेशनल अलर्ट जारी गरिएको छ ।वास्तवमा, पहलगाममा भएको आतंकवादी हमलापछि, भारत सरकार एक्सन मोडमा रहेको र पाकिस्तान विरुद्ध कडा निर्णय लिइरहेको छ।

पछिल्ला केही दिन यता नियन्त्रण रेखा (एलओसी) मा तनाव बढ्दै गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ३ : ०३ बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार