रियल बेटिसलाई हराउँदै चेल्सीले जित्यो कन्फरेन्स लिगको उपाधि « Khabarhub

रियल बेटिसलाई हराउँदै चेल्सीले जित्यो कन्फरेन्स लिगको उपाधि


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

पोल्यान्ड – रियल बेटिसलाई ४-१ ले हराउँदै चेल्सीले युइएफए कन्फेरेन्स लिगको उपाधि जितेको छ। पोल्यान्डको वार्समा भएको खेलको सुरुवातमा नै बेटिसले अग्रता लिएपछि चेल्सीले पराजय भोग्ने सम्भावना बढी देखिएको थियो। दोस्रो हाफमा कोल पालमरको सानदार प्रदर्शनमा चेल्सी खेलमा फर्किएको थियो।

उनले पाँच मिनेटको अन्तरमा इन्जो फर्नान्डेज र निकोलास ज्याक्सनका लागि गोलको अवसर सिर्जना गरिदिएका थिए। ६५ औँ मिनेटमा फर्नान्डेजले बराबरी गोल गरेको टोलीका लागि ७० औँ मिनेटमा ज्याक्सनले अग्रता दिलाएका थिए।

खेलको ८३ औँ मिनेटमा जार्डन सान्चोले अग्रता फराकिलो बनाएका थिए। मोइसेस साइसेडोले इन्जुरी समयका चेल्सीका लागि अन्तिम गोल गरे। खेलको नवौँ मिनेटमा एजाल जाउलीको गोलमा बेटिसले अग्रता लिएको थियो।

युरोपका पाँच क्लब प्रतियोगिताकाको उपाधि जित्ने एक्लो टिमको रूपमा कीर्तिमान राख्न चेल्सी सफल भएको छ। च्याम्पियन्स लिग, युरोपा लिग, कन्फरेन्स लिग, सुपर कप र कप विनर्स कप सबै जित्ने चेल्सी एक्लो टोली हो।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ६ : ४९ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक