राजावादीले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने « Khabarhub

राजावादीले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा विभिन्न राजावादी दल तथा संघ–संगठनले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गर्ने भएका छन् ।

राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ-संगठनले गणतन्त्र दिवसका दिन बिहीबार दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन सुरु गर्ने तयारी गरेका छन् ।

यसअघि सोही क्षेत्रमा नेकपा एमालेले कार्यक्रम गर्दैछ । एमालेको कार्यक्रम सकिएपछि राजावादीको कार्यक्रम हुनेछ ।

राजावादी समूहले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना तथा वर्तमान व्यवस्था खारेज नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएका छन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् । रत्नपार्क केन्द्रित आन्दोलनमा करिब दुई हजार स्वयंसेवक परिचालन गरिने उनको भनाइ छ । आन्दोलनका सहभागीहरूलाई छातासहित उपस्थित हुन भनिएको छ ।

यसअघि आन्दोलनलाई शान्तिपूर्ण बनाउन संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले स्वयंसेवकलाई बुधबार प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ७ : ५१ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल