गाजाको विकराल अवस्थाः राहत लिन गएका १० जनाको इजरायली सेनाले लियो ज्यान « Khabarhub

गाजाको विकराल अवस्थाः राहत लिन गएका १० जनाको इजरायली सेनाले लियो ज्यान


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

गाजा – गएको ४८ घण्टामा इजरायलले भोकमरीबाट बच्न राहत लिन गएको १० जना गाजाबासीको इजरायली सेनाले हत्या गरेको छ। गाजा ह्युमनेटेरियन फाउन्डेसनको राहत वितरण गर्न लाग्दा देखिएको भाग दौड र हारालुछको दृश्य सार्वजनिक भएपछि यसरी इजरायली सेनाले आक्रमण गरेको हो।

आक्रमणमा थप ६२ जना घाइते भएको सञ्चार माध्यमले बताएका छन्। प्यालेस्टाइन नियन्त्रित सञ्चार माध्यमले सो कुरा उल्लेख गरेका हुन्। तथापि कुन स्थानमा आक्रमण भएको थियो भन्ने यकिन भएको छैन।

मानव अधिकारवादीले यसलाई जघन्य अपराधको संज्ञा दिएका छन्। राहत वितरणका लागि खोलिने भनिएका चारमध्ये दुई केन्द्र खोलिसकेको बताइएको छ। यसरी केन्द्र स्थापन गरेर राहत वितरण गर्ने कामलाई राष्ट्र संघले निन्दा गरेको छ। राष्ट्र संघले इजरायलले गाजामा राहत वितरणमा गरेको असहयोगमा आपत्ति जनाएको छ।

यसअघि नै प्यालेस्टाइनी शरणार्थीका लागि राष्ट्र सङ्घीय नियोगले अमेरिकाको पहलमा भएको यो वितरणको आलोचना गर्दै राष्ट्र सङ्घसँग सहकार्य गर्दै राहत वितरण गर्न भनेको छ।

अहिले गाजाको समस्या राष्ट्र सङ्घको सुरक्षा परिषदमा पनि चर्चाको विषय बनेको छ। न्युयोर्कमा यस युद्धका बारे बोल्दै अमेरिका, फ्रान्स र बेलायतले इजरायलको राहत वितरणका बारे प्रश्न उठाएका छन्।

राष्ट्र सङ्घका लागि इजरायली दूत डेनी डेनोनले राष्ट्र संघले इजरायलमाथि गलत र झुटो आरोप लगाएको बताएका छन्। राष्ट्र सङ्घका मानवीय सहयोगका प्रमुख टम फ्लेटचरले इजरायलले नरसंहार गरेको आरोप लगाएपछि डेनोनले यो प्रतिक्रिया व्यक्त गरेका हुन्।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ८ : १९ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद