गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुन सक्दैन : राष्ट्रियसभा अध्यक्ष « Khabarhub

गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुन सक्दैन : राष्ट्रियसभा अध्यक्ष


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय तन्त्र हुन नसक्ने बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानको इमानदारीपूर्वक कार्यान्वयन गर्ने, जनतालाई अपनत्व हुनेगरी समानुपातिक/समावेशी शासन प्रणाली र सङ्घीयताको कुशलताका साथ अभ्यास गर्नुपर्ने चुनौती रहेको उल्लेख गरेका छन् ।

अध्यक्ष दाहालले गणतन्त्र दिवस वंशीय परम्परामा आधारित निरङ्कुश र एकात्मक राजतन्त्रलाई जनताले जितेको अवसरमा मनाइने उत्सव भएको भन्दै गणतान्त्रिक व्यवस्था शासन पद्धति मात्रै नभई आमजनताको जीवनमा पनि परिवर्तनको अनुभूति हुनुपर्ने मुख्य विषय रहेको जनाएका छन् ।

जनअपेक्षाअनुरूप काम गर्न नसक्दा देखिएको निराशालाई आफ्नो स्वार्थ पूरा गर्ने अस्त्रका रूपमा प्रयोग गर्दै पश्चगामी पुनरुत्थानवादी शक्तिहरूले फेरि पनि आफ्नो ‘लुटको स्वर्ग’ फिर्ता गर्न सकिन्छ कि भनेर दुष्प्रयास गरिरहेको उनको भनाइ छ ।

अध्यक्ष दाहालले नेपालमा गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनसङ्घर्ष, जनयुद्ध तथा जनआन्दोलनहरूमा आफ्नो प्राणोत्सर्ग गर्ने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता/घाइते अपाङ्ग योद्धाहरूका साथै गणतन्त्र प्राप्तिको आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज, पत्रकारलगायत आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गरेका छन् । 

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ८ : १९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल