गणतन्त्र दिवस :  वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान | Khabarhub Khabarhub

गणतन्त्र दिवस :  वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– गणतन्त्र दिवसका अवसरमा कारागार कार्यालय वीरगञ्जमा सेवारत तीन सशस्त्र प्रहरीसहित १४० जना कैदी बन्दी तथा थुनुवाले रक्तदान गरेका छन् । वीरगञ्जमा रगतको अभावलाई मध्यनजर गरेर आज यहाँ रक्तदान कार्यक्रम गरिएको थियो ।  १३४ जना पुरुषकैदी बन्दी, तीन जन महिला कैदी बन्दी र तीन जना सशस्त्र प्रहरीले रक्तदान गरेका हुन् । 

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कैदी जीवन बिताइरहेका  कैदीबन्दीले रक्तदान गरेर सह्रानीय काम गरेको बताए ।‘

‘विभिन्न कारणले कैदी जीवन बिताइरहेका कैदीले अन्य मान्छेको जीवन जोगाउनको लागि रक्तदान गरेर महत्त्वपूर्ण कार्य  गर्नुभएको छ,’ उनले भने, ‘कैदी जीवन बिताइरहेकाहरूलाई रचनात्मक र सिर्जनात्मक भएर अघि बढ्नका लागि अनुरोध गर्दछु ।’

कार्यक्रम संयोजक दिलीपराज कार्कीले कुनै विषम परिस्थितिमा कसुर गरेर सजाय भुक्तान गरिरहेका कैदीबन्दीले अन्य मानिसको जीवन जोगाउनको लागि रक्तदान गरेर सह्रानीय काम गरेको बताए । 

‘वीरगञ्जमा रगतको चर्को अभाव भएको महसुस गरेर नै रक्तदान कार्यक्रम गरेका हौँ,’ उनले भने, ‘रगतको अभावमा छट्पटिरहेकाहरुका लागि यो कार्यक्रमले विशेष अर्थ राख्नेछ ।’ 

कारागार कार्यालय वीरगञ्जका निमित्त प्रमुख रूपक मण्डलले कारागारमा थुनुवा तथा कैदी बन्दी गरेर करिब एक हजार ३००को हाराहारीमा रहेको जानकारी दिए । रासस

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १ : ३९ बजे

‘ज्ञानेन्द्र सिधै मैदानमा आउनुपर्‍यो, जवाफ चाहियो’

०६३ सालको बैशाख ११ गते शाही घोषणा भइसकेपछि महाराजगञ्जस्थित गिरिजाप्रसाद

पीएसजीले च्याम्पियन्स लिग जितेपछि के भने किलियन एम्बाप्पेले ?

पेरिस- इटालियन क्लब इन्टर मिलानलाई एक पक्षी ५-० को नतिजामा

चीनले जासुसी गतिविधि बढायो : डच रक्षामन्त्री

काठमाडौं– डच रक्षामन्त्रीले आफ्ना उद्योगहरुमा चीनले जासुसी गतिविधिलाई बढाएको आरोप

पहिराले उदयपुरका ग्रामीण सडक अवरुद्ध

गाईघाट– जिल्लाको पहाडी क्षेत्रका ग्रामीण सडक बाढी पहिराका कारण अवरुद्ध

८० लाखमा निर्मित कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन

पर्वत– आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पर्वत सदरमुकाम कुश्माबजारमा