दुर्गा प्रसाईं नेतृत्वको समूह राप्रपाको राजावादी आन्दोलनमा सहभागी नहुने « Khabarhub

दुर्गा प्रसाईं नेतृत्वको समूह राप्रपाको राजावादी आन्दोलनमा सहभागी नहुने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान’ ले आफ्नो समूहमा आवद्धहरूलाई गणतन्त्र दिवसको अवसरमा बिहीबार हुने राजावादीको आन्दोलनमा सहभागी नहुन निर्देशन दिएको छ ।

काठमाडौंको तीनकुनेमा गत चैत १४ गते पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी भएको घटनाका मुख्य आरोपीका रुपमा प्रहरी हिरासतमा रहेका प्रसाईं नेतृत्वको समूहले विज्ञप्ति निकालेर राजावादी आन्दोलनमा सहभागी नहुन निर्देशन दिएको हो ।

‘जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वमा भएकोले त्यसमा हाम्रो सहकार्य नरहेकोले सहभागी नहुन अनुरोधसहितको निर्देशन गर्दछौँ,’ महाअभियान केन्द्रीय संगठन विभागका सचिव प्रेमदीप लिम्बूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै घटना घटे (भए) महाअभियान जिम्मेवार नहुने प्रष्ट निर्णय गरिएको छ ।’

उनले संगठनका अध्यक्ष प्रसाईंलगायत गैरकानुनी रूपमा प्रहरी हिरासतमा रहेकाहरूको शीघ्र रिहाइको माग गर्दै माइतीघर मण्डलामा जारी ‘सत्याग्रह’ बिहीबार स्थगित गरिएको पनि बताएका छन् ।

‘सत्यग्रह आन्दोलन २०८२ जेठ १६ गतेबाट पुनः निरन्तर रूपमा माइतीघर मण्डलामा गरिने जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा लेखिएको छ । प्रसाईं नेतृत्वको उक्त संगठनले जेठ १२ गतेदेखि माइतीघर मण्डलामा धर्ना सुरू गरेको थियो ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १ : ३४ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको