दुर्गा प्रसाईं नेतृत्वको समूह राप्रपाको राजावादी आन्दोलनमा सहभागी नहुने « Khabarhub

दुर्गा प्रसाईं नेतृत्वको समूह राप्रपाको राजावादी आन्दोलनमा सहभागी नहुने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान’ ले आफ्नो समूहमा आवद्धहरूलाई गणतन्त्र दिवसको अवसरमा बिहीबार हुने राजावादीको आन्दोलनमा सहभागी नहुन निर्देशन दिएको छ ।

काठमाडौंको तीनकुनेमा गत चैत १४ गते पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी भएको घटनाका मुख्य आरोपीका रुपमा प्रहरी हिरासतमा रहेका प्रसाईं नेतृत्वको समूहले विज्ञप्ति निकालेर राजावादी आन्दोलनमा सहभागी नहुन निर्देशन दिएको हो ।

‘जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वमा भएकोले त्यसमा हाम्रो सहकार्य नरहेकोले सहभागी नहुन अनुरोधसहितको निर्देशन गर्दछौँ,’ महाअभियान केन्द्रीय संगठन विभागका सचिव प्रेमदीप लिम्बूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै घटना घटे (भए) महाअभियान जिम्मेवार नहुने प्रष्ट निर्णय गरिएको छ ।’

उनले संगठनका अध्यक्ष प्रसाईंलगायत गैरकानुनी रूपमा प्रहरी हिरासतमा रहेकाहरूको शीघ्र रिहाइको माग गर्दै माइतीघर मण्डलामा जारी ‘सत्याग्रह’ बिहीबार स्थगित गरिएको पनि बताएका छन् ।

‘सत्यग्रह आन्दोलन २०८२ जेठ १६ गतेबाट पुनः निरन्तर रूपमा माइतीघर मण्डलामा गरिने जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा लेखिएको छ । प्रसाईं नेतृत्वको उक्त संगठनले जेठ १२ गतेदेखि माइतीघर मण्डलामा धर्ना सुरू गरेको थियो ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै