म्याग्देका विद्यालयमा दिवा खाजा कार्यक्रम लागू « Khabarhub

म्याग्देका विद्यालयमा दिवा खाजा कार्यक्रम लागू


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– म्याग्दे गाउँपालिकाका २२ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेपछि यहाँका बालबालिका नियमित विद्यालय जान थालेका छन् । 

सङ्घीय सरकारको आर्थिक सहयोगमा बाल विकास केन्द्रदेखि कक्षा पाँचसम्मका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेपछि विद्यालय जानेको सङ्ख्या बढेको हो । 

दिवा खाजामा पौष्टिक आहारसहितको व्यवस्था गरिएकाले कुपोषण हुने बालबालिकाको सङ्ख्यामा कमी आएको म्याग्दे शिक्षा शाखाका अधिकृत विष्णुखत्री क्षेत्रीले जानकारी दिए । 

उनले भने, ‘विद्यालयमा खाजाको व्यवस्था गरिएपछि विद्यालय नजाने र गएका पनि बीचमै छाडेर हिँड्ने प्रवृत्ति पनि रोकिएको छ ।’ उनका अनुसार गाउँपालिकाभित्र रहेका २२ वटा विद्यालयमा एक हजार ७२८ जना बालबालिका दिवा खाजा कार्यक्रममा समावेश भएका छन् । 

चालु आर्थिक वर्षका लागि दैनिक १५ रुपैयाँ का दरले एक सय ८० दिनका लागि ५० लाख ८७ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको शिक्षा अधिकृत क्षेत्रीले बताए । 

उनका अनुसार म्याग्दे–२ स्थित राधा मावि र वडा नं ४ स्थित मिन माविले अन्य विद्यालय तुलनामा कम खर्चमा पनि गुणस्तरीय खाजा खुवाउन सकिन्छ भन्ने सन्देश दिएको छ । 

उनीले भन्छन्, ‘धेरै विद्यार्थी रहेका ती दुई विद्यालयले थोरै बजेटमा पनि गुणस्तरीय खाजा खुवाउन सकिन्छ भन्ने उदाहरण दिएका छन्, ती विद्यालयको गतिविधि र योजना अन्यले पनि सिक्नुपर्ने आवश्यक छ ।’ 

यस वर्ष दुई विद्यालय गाभिए 

चालु आर्थिक वर्षमा जिल्लाका दुई वटा विद्यालय गाभिएका म्याग्दे शिक्षा शाखाले जनाएको छ । म्याग्दे–७ स्थित बेदकालिका आधारभूत र म्याग्दे–४ मा रहेको जनप्रकाश आधारभूत विद्यालय विद्यार्थी सङ्ख्या शून्य भएपछि गाभिएको हो ।

बेदकालिकालाई सोही वडास्थित मिलीजुली आधारभूत विद्यालयमा र जनप्रकाशलाई मिन माध्यमिक विद्यालयमा गाभिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनका अनुसार पालिकाभित्र मावि तह छ, कक्षा १–८ सम्म चार र कक्षा १–५ सम्म १२ गरी २२ विद्यालय छन् । –रासस

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १ : ५१ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको