राजावादीहरू पाँच स्थानबाट ६ नेताको नेतृत्वमा रत्नपार्क पुग्दै (तस्बिरहरू) « Khabarhub

राजावादीहरू पाँच स्थानबाट ६ नेताको नेतृत्वमा रत्नपार्क पुग्दै (तस्बिरहरू)


१५ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको अगुवाइमा विभिन्न राजावादी दल तथा संघ–संगठनले बिहीबारदेखि काठमाडौंकेन्द्रित आन्दोलन थालेका छन् ।

राप्रपा, राप्रपा नेपाल लगायत ४५ वटा हिन्दुवादी र राजावादी संघ-संगठनले गणतन्त्र दिवसका दिन बिहीबार दिउँसो २ बजेपछि रत्नपार्कको शान्तिबाटिकाबाट आन्दोलन सुरू गर्दैछन् ।

त्यसका लागि काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालिएको छ । कार्यक्रमअनुसार मैतिदेवीबाट- राजेन्द्र लिङ्देन, सिफलबाट कमल थापा, पशुपतिशमशेर राणा, नारायणचौरबाट नवराज सुवेदी, नयाँबजारबाट डा. प्रकाशचन्द्र लोहनी, त्रिपुरेश्वरबाट केशरबहादुर विष्ट लगायत नेताहरूको नेतृत्वमा जुलुस निस्किएको हो ।

यो जुलुस दिउँसो रत्नपार्क पुगेर सभामा परिणत हुँदैछ । त्यसअघि सोही क्षेत्रमा नेकपा एमालेले कार्यक्रम गर्दैछ । एमालेको कार्यक्रम सकिएपछि राजावादीको सभा हुने छ ।

राजावादी समूहले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना तथा वर्तमान व्यवस्था खारेज नभएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाएका छन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् । रत्नपार्क केन्द्रित आन्दोलनमा करिब दुई हजार स्वयंसेवक परिचालन गरिने उनको भनाइ छ । आन्दोलनका सहभागीहरूलाई छातासहित उपस्थित हुन भनिएको छ ।

यसअघि आन्दोलनलाई शान्तिपूर्ण बनाउन संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले स्वयंसेवकलाई बुधबार प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  २ : १८ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले