समाजवाद कार्यान्वयन गर्नुपर्नेमा पूर्व प्रधानमन्त्री खनालको जोड « Khabarhub

समाजवाद कार्यान्वयन गर्नुपर्नेमा पूर्व प्रधानमन्त्री खनालको जोड


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विद्यमान शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारी समाधान गर्न समाजवाद कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । 

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सामाजिक तथा राजनीतिक समस्याको हल गरी समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणाका आधारमा सामाजिक सुरक्षाको प्रबन्ध, आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । 

नेता खनालले देशमा रोजगारी सृजना नहुँदा श्रमजीवी युवा, बिदेसिन बाध्य भइरहेकाले कृषि, पूर्वाधार, औद्योगिक क्षेत्रमा लगानी वृद्धि तथा उत्पादन गर्न समाजवादको भूमिका महत्त्वपूर्ण हुने बताए ।

उनले शान्तिपूर्ण दोस्रो आन्दोलनले निरङ्कुश राजतन्त्रात्मक प्रणालीको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिएको आजको दिन देशको इतिहासमा युगान्तकारी परिवर्तन भएको उल्लेख गरे । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले ऐतिहासिक अवसरमा गणतन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गरेको सम्पूर्ण महान् सहिदप्रति श्रद्धाञ्जली प्रकट गरे ।

देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी शक्तिलाई एकजुट हुन आव्हान गर्दै उनले समाजवादको सुन्दर भविष्यतिर दृढतापूर्वक क्रियाशील हुन आग्रह गरे ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  २ : १६ बजे

निर्माणाधीन संसद भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत