समाजवाद कार्यान्वयन गर्नुपर्नेमा पूर्व प्रधानमन्त्री खनालको जोड | Khabarhub Khabarhub

समाजवाद कार्यान्वयन गर्नुपर्नेमा पूर्व प्रधानमन्त्री खनालको जोड


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विद्यमान शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारी समाधान गर्न समाजवाद कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । 

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सामाजिक तथा राजनीतिक समस्याको हल गरी समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणाका आधारमा सामाजिक सुरक्षाको प्रबन्ध, आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । 

नेता खनालले देशमा रोजगारी सृजना नहुँदा श्रमजीवी युवा, बिदेसिन बाध्य भइरहेकाले कृषि, पूर्वाधार, औद्योगिक क्षेत्रमा लगानी वृद्धि तथा उत्पादन गर्न समाजवादको भूमिका महत्त्वपूर्ण हुने बताए ।

उनले शान्तिपूर्ण दोस्रो आन्दोलनले निरङ्कुश राजतन्त्रात्मक प्रणालीको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिएको आजको दिन देशको इतिहासमा युगान्तकारी परिवर्तन भएको उल्लेख गरे । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले ऐतिहासिक अवसरमा गणतन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गरेको सम्पूर्ण महान् सहिदप्रति श्रद्धाञ्जली प्रकट गरे ।

देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी शक्तिलाई एकजुट हुन आव्हान गर्दै उनले समाजवादको सुन्दर भविष्यतिर दृढतापूर्वक क्रियाशील हुन आग्रह गरे ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  २ : १६ बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन