प्रधानमन्त्री र दलका शीर्ष नेताविरुद्ध राजावादीको अमर्यादित नारा « Khabarhub

प्रधानमन्त्री र दलका शीर्ष नेताविरुद्ध राजावादीको अमर्यादित नारा


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रत्नपार्क स्थित शान्तिवाटिकामा आयोजित राजावादी आन्दोलनमा दलका शीर्ष नेताविरुद्ध अभद्र नारा लागेको छ ।

राजावादीहरूको भीडले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका शीर्ष नेताहरूविरुद्ध अमर्यादित नारा लगाइरहेका छन् । उनीहरूले गणतन्त्रको विरोध र राजसंस्थाको समर्थनमा नारा लगाएका हुन् ।

राजसंस्थाको पक्षमा नारा लगाउँदै उनीहरूले हिन्दू अधिराज्य कायम गर्, झुठा मुद्दा खारेज गर् लगायतका नारा लगाएका छन् । शान्तिवाटिकामा राजावादीहरूको उपस्थिति बाक्लिँदै गएको प्रत्यक्ष प्रसारण गरिरहेका खबरहबकर्मीले उल्लेख गरेका छन् ।

केही राजावादी आन्दोलनकारीहरूले खबरहबकर्मीलाई प्रतिक्रिया दिँदै पूर्वराजाले ‘जनता आऊ देश बचाऊ’ भनेर आह्वान गरेकाले आन्दोलनमा सहभागी भएको बताए ।

राजावादीहरूले आन्दोलन शान्तिपूर्ण रहने बताएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  २ : २० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल