प्रधानमन्त्री र दलका शीर्ष नेताविरुद्ध राजावादीको अमर्यादित नारा « Khabarhub

प्रधानमन्त्री र दलका शीर्ष नेताविरुद्ध राजावादीको अमर्यादित नारा


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रत्नपार्क स्थित शान्तिवाटिकामा आयोजित राजावादी आन्दोलनमा दलका शीर्ष नेताविरुद्ध अभद्र नारा लागेको छ ।

राजावादीहरूको भीडले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत दलका शीर्ष नेताहरूविरुद्ध अमर्यादित नारा लगाइरहेका छन् । उनीहरूले गणतन्त्रको विरोध र राजसंस्थाको समर्थनमा नारा लगाएका हुन् ।

राजसंस्थाको पक्षमा नारा लगाउँदै उनीहरूले हिन्दू अधिराज्य कायम गर्, झुठा मुद्दा खारेज गर् लगायतका नारा लगाएका छन् । शान्तिवाटिकामा राजावादीहरूको उपस्थिति बाक्लिँदै गएको प्रत्यक्ष प्रसारण गरिरहेका खबरहबकर्मीले उल्लेख गरेका छन् ।

केही राजावादी आन्दोलनकारीहरूले खबरहबकर्मीलाई प्रतिक्रिया दिँदै पूर्वराजाले ‘जनता आऊ देश बचाऊ’ भनेर आह्वान गरेकाले आन्दोलनमा सहभागी भएको बताए ।

राजावादीहरूले आन्दोलन शान्तिपूर्ण रहने बताएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  २ : २० बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल