आज सीप मेला नहुने « Khabarhub

आज सीप मेला नहुने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले दोस्रो संस्कारणका रूपमा सञ्चालन गरिरहेको सीप मेला आज एक दिनका लागि रोकिएको छ ।  

सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाका अनुसार आज आयोजना  भएको गणतन्त्र दिवससँग सम्बन्धित कार्यक्रमहरूले सवारी आवागमनमा समस्या हुने देखिएको र यस कारण प्रशिक्षक तथा प्रशिक्षार्थीहरूलाई कक्षामा आउन जान कठिन हुने भएकोले कक्षा बन्द गर्नु परेको हो ।

झाका अनुसार भोलिदेखि कक्षाहरू नियमित रूपमा सञ्चालन हुनेछन् । कामपाले गएको वर्षको सिकाइ र रोजगार क्षेत्रबाट आएको पृष्ठपोषणका आधारमा यस वर्ष २०८१ जनालाई तालिम दिने लक्ष्य राखेर जेठ ७ गतेदेखि मेला थालिएको हो । १० क्षेत्रका ३७ पेसासँग सम्बन्धित तालिममा २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक कक्षा सञ्चालन भइरहेका छन् ।  

आइसिटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पिएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, बौद्धिक कृत्रिमता (एआई) र यसको प्रयोग (एआई एन्ड इट्स एप्लिकेसन) गरी १२ पेसा छन् । ब्युटिसियन (सौन्दर्य) क्षेत्रमा विक्स (कृत्रिम कपाल बनाउने) सौन्दर्यकर्मी, मेकअप एन्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (बार्बर) पेसा छन् । 

विशेष क्षमता सहयोगी तालिम (स्पेसल एबिलिटी सपोर्ट स्किल) यस वर्ष थपिएको क्षेत्र हो । यसअन्तर्गत हाउस किपिङ र केयर सर्भिस गरी दुईवटा पेसाका तालिम चल्नेछन् । हाउस किपिङ बहिरा अपाङ्गता भएका बालबालिकाका सहजकर्ताका लागि हो भने केयर सर्भिस डाउन सिन्ड्रोम, अटिजम भएका बालबालिकाहरुको सहजकर्ताका लागि हो । इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एन्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ, मोबाइल रिपेयरिङ गरी चार वटा पेसाका तालिम हुनेछन् ।

गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ गरी दुईवटा पेसाका तालिम हुनेछन् । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ र कार्पेन्ट्री गरी पाँच पेसाका तालिम हुनेछ । हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र बेकरी गरी चार पेसाका तालिम हुनेछ । अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत तीनवटा पेसाका तालिम सञ्चालन हुनेछ । यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम चल्नेछ । 

कृषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम हुनेछ । स्टक मार्केटसम्बन्धी तालिम हुनेछ ।   

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  २ : ४० बजे

विशुखर्कमा दुई सयभन्दा बढीले लिए निःशुल्क स्वास्थ्य सेवा

तम्घास– स्थानीय चन्द्रकोट गाउँपालिका–२ विशुखर्कमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट २०४

अचार बनाएर उद्यमी बन्ने अभियानमा महिला

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–३ की पार्वतीदेवी डगौराले घरबारी र बगैँचामा फल्ने

ढुङ्गा बोकेर अर्थतन्त्र सुध्रिदै

नेपालको समकालीन राजनीतिक इतिहासमा विसं २०७९ को स्थानीय निर्वाचन एउटा

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई

अमेरिकामा वायुसेनाको बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

क्यालिफोर्निया – अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वार्ड्स वायुसेना शिविरबाट उडान भर्नेबित्तिकै