मनिषा कोइरालाले फेरि भनिन्, ‘हिन्दू धर्म नेपालको पहिचान, राजसंस्था राष्ट्रिय एकताको प्रतीक’ « Khabarhub

मनिषा कोइरालाले फेरि भनिन्, ‘हिन्दू धर्म नेपालको पहिचान, राजसंस्था राष्ट्रिय एकताको प्रतीक’


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड अभिनेत्री मनिषा कोइरालाले पछिल्लो समय आफूलाई कट्टर हिन्दू र राजावादीका रूपमा चिनाएकी छन् ।

खुलेरै हिन्दू धर्म र राजतन्त्रको वकालत गरिरहेकी उनले राजावादीले बिहीबारदेखि आन्दोलन चर्काउने बताइरहेका बेला त्यसलाई मलजल गर्ने गरी अभिव्यक्ति दिएकी छन् ।

कोइरालाले बिहीबार सामाजिक सञ्जालमार्फत् एक अभिव्यक्ति दिँदै नेपालमा हिन्दू अधिराज्य पुनःस्थापनाको पक्षमा स्पष्ट धारणा सार्वजनिक गरेकी छन् ।

फेसबुकमार्फत् सार्वजनिक सन्देश दिँदै उनले गणतन्त्र दिवसला ‘गहिरो आत्मचिन्तन’ को दिन भनेकी छन्। ‘म एक नेपालीको हैसियतले, जसले यो देशको पहिचान, एकता र भविष्यप्रति गहिरो माया राख्छु,’ भन्दै देशको वर्तमान राजनीतिक अवस्था र सामाजिक दिशातर्फ प्रश्न उठाएकी छन्।

कोइरालाले नेपालले ‘संसारको एक मात्र शान्तिपूर्ण हिन्दू अधिराज्य’ को पहिचान पुनःस्थापना गर्नुपर्ने बताउँदै देशलाई भावना होइन, सत्य र ईमानदारीका साथ दिशानिर्देश गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् ।

उनका अनुसार संवैधानिक राजतन्त्रले राजनीतिभन्दा माथि उठेर राष्ट्रिय एकता कायम गर्न सक्छ । जुन काम अहिले प्रतिस्पर्धात्मामा रहेका राजनीतिक दलहरूले गर्न नसक्ने उनको तर्क छ । उनले राजतन्त्रलाई ‘सनातन धर्म र इतिहासमा गहिरो रूपमा जरा गाडिएको संस्थागत आधार’ को रूपमा चित्रण गरेकी छन्।

कोइरालाले वर्तमान राजनीतिक प्रणालीमा फैलिएको भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रका मौलिक मूल्यहरूको रक्षाका लागि एक ‘गैर-राजनीतिक संस्था’ को आवश्यकता रहेको उल्लेख गरेकी छन्।

उनले अब सधैँ कुनै प्रकारको विभाजन नगई ‘राष्ट्रिय पुनर्जागरणको बाटोमा’ जान पनि स्पष्ट सन्देश दिएकी छन् ‘हामी केवल एउटा सानो गणतन्त्र होइनौँ, हामी एउटा गौरवशाली सभ्यता हौं,’ उनले भनेकी छन् । कोइरालाले नेपालीलाई आफ्ना मौलिक मूल्य र पहिचानप्रति जागरूक हुन आह्वान गरेकी छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  २ : ३४ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल