अल्लोबाट बनेको झोलामा बजेट पुस्तिका, वर्षमानले हालेका थिए गाँजाको झोलामा « Khabarhub

अल्लोबाट बनेको झोलामा बजेट पुस्तिका, वर्षमानले हालेका थिए गाँजाको झोलामा


१५ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री विष्णप्रसाद पौडेलले नेपाली कच्चा पदार्थबाट निर्माण गरिएको झोलामा बजेट पुस्तिका राख्ने अघिल्लो वर्षबाट सुरू प्रचलनलाई निरन्तरता दिएका छन् ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट पुस्तिका जाँजाबाट निर्मित नेपाली झोलामा राखेका थिए ।

नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले त्यसो गरिएको उनले बताएका थिए । यसअघि विदेशी छालाबाट निर्मित महंगो ब्रिफकेश’मा बजेट पुस्तिाका राख्ने गरिएको थियो ।

झट्टा हेर्दा घिल्लो वर्षकै जस्तो देखिए पनि नयाँ झोला खरिद गरिएको अर्थ मन्त्रालयले जनाएको छ । गत वर्ष बजेट प्रस्तुत गर्न जाँदा तत्कालीन अर्थमन्त्री पुनले गाँजाको झोला प्रयोग गरेका थिए ।

यसपटक अर्थमन्त्री पौडेलले अल्लोबाट बनेको नेपाली झोला प्रयोग गरेका हुन् । यसअघि अर्थमन्त्रीहरुले बजेटका बेला विदेशी झोला(ब्रिफकेस) बोक्ने गरेका थिए ।

अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीतिअनुसार नै स्थानीय सामानबाट बनेको झोलामा बजेट पुस्तिका राखिएको बताए ।

‘हेर्दा अघिल्लो वर्षको जस्तै देखिए पनि बजारबाट नयाँ किनेर ल्याएको हो । त्यतिबेला र अहिलेकोमा केही फरक छ । तर झोला नेपाली हो । नेपाली उत्पादन प्रवर्द्धन गर्ने प्रचलन जसले गरे पनि निरन्तरता दिनुपर्छ भन्ने हो’, केसीले भने ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ३ : ३८ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर