गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्छ : प्रचण्ड « Khabarhub

गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्छ : प्रचण्ड


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका छन् ।  

गणतन्त्र दिवसका अवसरमा माओवादी निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको जनसांस्कृतिक कार्यक्रममा प्रचण्डले अहिले गणतन्त्रमाथि प्रश्न उठाउने निरर्थक दुष्प्रयास भइरहेको भन्दै यसविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका हुन् । 

गणतन्त्र दिवस कुनै क्षेत्र वा पार्टी विशेषको नभई आम जनताको बलिदानी बाट प्राप्त भएको उपलब्धि भएको उनले बताए ।

प्रचण्डले गणतन्त्रको रक्षा गर्नु र यस मार्फत जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि प्रयत्न गर्नु अहिलेको ऐतिहासिक आवश्यकता भएको धारणा राखे ।

उनले गणतन्त्रको रक्षा गर्दै समाजवादको यात्रातर्फ अघि बढ्नका लागि एकताबद्ध भएर पहल गर्न जरुरी रहेको पनि बताए । 

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ११ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको