गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्छ : प्रचण्ड « Khabarhub

गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्छ : प्रचण्ड


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका छन् ।  

गणतन्त्र दिवसका अवसरमा माओवादी निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको जनसांस्कृतिक कार्यक्रममा प्रचण्डले अहिले गणतन्त्रमाथि प्रश्न उठाउने निरर्थक दुष्प्रयास भइरहेको भन्दै यसविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका हुन् । 

गणतन्त्र दिवस कुनै क्षेत्र वा पार्टी विशेषको नभई आम जनताको बलिदानी बाट प्राप्त भएको उपलब्धि भएको उनले बताए ।

प्रचण्डले गणतन्त्रको रक्षा गर्नु र यस मार्फत जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि प्रयत्न गर्नु अहिलेको ऐतिहासिक आवश्यकता भएको धारणा राखे ।

उनले गणतन्त्रको रक्षा गर्दै समाजवादको यात्रातर्फ अघि बढ्नका लागि एकताबद्ध भएर पहल गर्न जरुरी रहेको पनि बताए । 

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ११ बजे

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल