स्वास्थ्य बिमाको बाँकी रकम एक वर्षभित्र भुक्तानी गरिने « Khabarhub

स्वास्थ्य बिमाको बाँकी रकम एक वर्षभित्र भुक्तानी गरिने


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य क्षेत्रमा बजेट बढेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको छ । गत आवमा स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड विनियोजन गरिएको थियो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक बजेट पेस गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए । 

उनले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनः संरचना गर्ने बताउँदै कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्वास्थ्य बिमाको दायरा विस्तार गरिने बताए । गत आवमा स्वास्थ्य बिमा कार्यक्रमलाई सात अर्ब पाँच करोड बजेट छुट्याइएको थियो ।

अर्थमन्त्री पौडेलले भने, ‘बीमितको सुविधा थैली क्रमशः वृद्धि गरिँदै लगिनेछ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बिमामा एकीकृत गरिनेछ । बीमितलाई फरक फरक योजनाको सुविधा उपलब्ध गराइनेछ । बिमा सुविधाको दुरुपयोग हुन नदिन दोहोरोपन हटाइनेछ ।’ 

त्यसैगरी हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराई एक वर्षभित्र भुक्तानीको व्यवस्था मिलाइने उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ४ : ५० बजे

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

मस्को- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति

प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन राजनीतिक दलका शीर्ष

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको