६ वर्षकी छोरी बेचेको आरोपमा दक्षिण अफ्रिकी महिलालाई आजीवन कारावास | Khabarhub Khabarhub

६ वर्षकी छोरी बेचेको आरोपमा दक्षिण अफ्रिकी महिलालाई आजीवन कारावास


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

साल्दान्हा बे- दक्षिण अफ्रिकाको एक अदालतले बिहीबार एक महिलालाई आफ्नो छ वर्षीया छोरीलाई अपहरण गरी बेचेको आरोपमा आजीवन कारावासको सजाय सुनाएको छ । यो मुद्दाले सम्पूर्ण देशलाई स्तब्ध पारेको थियो ।

जसलिन स्मिथ गत वर्ष फेब्रुअरीमा केप टाउनबाट एक सय ३५ किलोमिटर (८५ माइल) उत्तरमा रहेको माछा मार्ने सहर सल्दान्हा खाडीमा रहेको आफ्नो घरबाट बेपत्ता भएकी थिइन् र उनी कहिल्यै फेला परेकी छैनन् ।

उनकी आमा राक्वेल ‘केली’ स्मिथलाई सानी केटीलाई अपहरण गरेर बेचेको आरोपमा दोषी ठहर गरिएको छ । रिपोर्ट अनुसार उनले छोरीलाई २० हजार र्‍यान्ड (एक हजार एक सय डलर) मा बेचेकी थिइन् ।

न्यायाधीश नाथन इरास्मसले ३५ वर्षीया स्मिथ र उनका दुई सह–अभियुक्त–एक प्रेमी र आपसी साथीलाई पनि मानव बेचबिखनका लागि आजीवन कारावासको सजाय सुनाएका छन् ।

ती सबैलाई अपहरणको आरोपमा समानान्तर रूपमा १० वर्षको जेल सजाय सुनाइएको छ । ‘म तपाईंहरूको नाम बाल संरक्षण दर्तामा समावेश गर्न आदेश दिन्छु’, इरास्मसले फैसला सुनाए।

स्मिथ अदालतमा उपस्थित थिइन् र एक घण्टाको सुनुवाइका क्रममा निष्क्रिय दृष्टिले बसिरहिन् ।

उनकी छोरी बेपत्ता हुँदा उनी सुरुमा सहानुभूतिको पात्र बनेकी थिइन्, जसले देशव्यापी व्यापक खोजी अभियान चलाएको थियो ।

जोसलिनको आकर्षक हरियो आँखा, फराकिलो मुस्कान र खैरो चुल्ठोहरू देखाउने फोटोहरूले इन्टरनेटमा बाढी ल्याएको थियो ।

यो मुद्दाले राष्ट्रिय ध्यानाकर्षण गरायो । यसमा एक मन्त्रीले उनको सुरक्षित फिर्तीका लागि १० लाख र्‍यान्ड (५४ हजार डलर) पुरस्कारको घोषणा गरेका थिए ।

तर अभियोजकहरूले स्मिथले आफ्नी छोरीलाई एक पारम्परिक निको पार्ने व्यक्तिलाई बेचेको आरोप लगाएपछि मुद्दाले फरक मोड लियो । त्यो व्यक्तिले उनका आँखा र गोरो रङमा चासो राख्थे ।

दक्षिण अफ्रिकामा विश्वकै सबैभन्दा बढी अपराधको दर छ र बालबालिकाको अपहरण बढ्दै गएको छ । –रासस

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : १६ बजे

आलु बिक्री गर्न कोसेली घर सञ्चालन

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर ६

हाम्रो मुख्य जोड थालेका काम सक्ने हो : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भने अनुसार नै

झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मा रहेको मराङखोलामा तीन सय

गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा

काठमाडौं – लगातारको आक्रमणसँगै इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा

आकाशको पानीमा भरपर्दा सर्लाहीमा भएन रोपाइँ

सर्लाही- हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका