आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड | Khabarhub Khabarhub

आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको हुने भएको छ । चालु आर्थिक वर्षको भन्दा यो ५.६ प्रतिशत ठूलो बजेट हो । गत वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विहीबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे । उनले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ अर्थात् ६०.१ प्रतिशत बजेट विनियोजन गरेका छन् । यसअघि बर्षमानले चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेका थिए । ओली सरकारले प्रचण्ड नेतृत्वको सरकारले भन्दा ४० अर्ब बढी चालु खर्च विनियोजन गरेको छ ।

अर्थमन्त्री पौडेलले पुँजीगत तर्थात विकास खर्चतर्फ ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८ प्रतिशत) बजेट विनियोजन गरेका छन् । अघिल्लो सरकारले चालु आर्थिक वर्षमा विकास खर्च ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरेको थियो । ओली सरकारले विकास खर्च एक अर्ब बढी विनियोजन गरेको देखिन्छ ।

त्यस्तै मन्त्री पौडेलले वित्तीय व्यवस्थापतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड (१९.१ प्रतिशत) विनियोजन गरेका छन् ।

उनले आगामी आर्थिक वर्षका लागि गरिएको बजेटको अनुमान चालु आर्थिक वर्षको सुरुको अनुमान भन्दा ५.६ प्रतिशतले बढी र संशोधित अनुमानभन्दा १८.२ प्रतिशतले बढी रहेको जनाएका छन् । यसले गर्दा बजेटको आकार ठूलो बन्न पुगेको छ ।

यो पनि-

यस्तो छ आगामी बजेट (पूर्णपाठ)

अर्थमन्त्रीले कुन मन्त्रालयलाई कति बजेट दिए ?

बजेट ठूलो आकारको भएकाले स्रोत जुटाउन भने चुनौतीपूर्ण हुने विज्ञहरुले औंल्याएका छन् । तर, सरकारले आगामी आर्थिक वर्षका लागि ३ करोडभन्दा कम लागतका आयोजना संघीय सरकारको तर्फबाट प्रस्ताव नगरिएको समेत अर्थमन्त्री पौडेलले बताएका छन् । उनले प्रस्तावित बजेट कार्यान्वयन गर्दा ६ प्रतिशतले आर्थिक वृद्धि हुने समेत बताएका छन् ।

राजस्व महत्वाकांक्षी, ऋणको भार बढी

आगामी आर्थिक वर्षमा १३ खर्ब राजस्व उठाउने महत्वाकांक्षी योजना अर्थमन्त्री पौडेलले अगाडि सारेका छन् । अघिल्लो सरकारले १२ खर्बको हाराहारीमा राजस्व संकलन गर्ने अनुमान गरेको थियो, तर लक्षमा पुग्ने स्थिति छैन ।

प्रचण्ड सरकारले ५२ अर्ब वैदेशिक अनुदान उठाउने अनुमान गरेको थियो । यो सरकारले करिब साढे ५३ अर्ब वैदेशिक अनुदान ल्याउने अनुमान गरेको छ ।

प्रचण्ड सरकारले २ खर्ब १७ अर्ब वैदेशिक ऋण उठाउने लक्ष लिएको थियो । अहिलेको सरकारले २ खर्ब ३३ अर्ब ६६ करोड जुटाइने बताएको छ ।

त्यस्तै, प्रचण्ड सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने बताएको थियो । अहिलेको सरकारले बजुेटमा नपुग खर्च पूर्तिका लागि ३ खर्ब ६२ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने घोषणा गरेको छ ।

प्रचण्ड सरकारले चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरे पनि सो बजेटलाई मध्यावधि समीक्षामार्फत् ९.०१ प्रतिशत कटौती गरिएको थियो ।

यो पनि-

७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता पाउने

निजी क्षेत्रको प्रतिक्रिया – बजेट स्वागतयोग्य छ, हाम्रा माग समेटिएका छन्

बजेटमा स्वास्थ्य क्षेत्र : सातै प्रदेशमा विशिष्टिकृत उपचारदेखि स्वास्थ्य बीमा सुधारसम्म

सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी बचतकर्तालाई फिर्ता गरिने

यस्तो थियो अघिल्लो सरकारको बजेट-

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ८ : ११ बजे

जिमखानामा भेटिएको ‘राजा फर्काउने’ केटो !

म सधैंभरि ‘एक्सरसाइज’ गर्नुपर्ने भएकाले जंगलमा दौडिन्थें । अहिले चाहिँ

चौथो सातामा ‘ऊनको स्वीटर’, अहिलेसम्म कति कमायो ?

काठमाडौं – यो वर्षको पहिलो हिट फिल्म ‘ऊनको स्वीटर’ चौथो

कमल थापा पक्राउपछि प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन (तस्बिरहरू)

काठमाडौं– राप्रपा नेपालका कार्यकर्ताले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला जलाएका छन् । 

काठमाडौंका कोटेश्वर, बल्खु र सिफल बाहेकका क्षेत्रमा प्रदर्शन गर्न नपाइने

काठमाडौं – काटमाडौंमा सिफल, कोटेश्वर र बल्खुबाहेक अन्य क्षेत्रमा प्रदर्शन

आलमलाई भएको ‘एक्युट स्केमिक स्ट्रोक‘ के हो ? के कारणले यस्तो हुन्छ ?

काठमाडौं- मस्तिष्कघात (ब्रेन स्टोक) भएपछि अस्पताल भर्ना भएका पूर्वमन्त्री मोहम्मद