लालबन्दीका होटलमा आचारसंहितासम्बन्धी फ्लेक्स राख्न थालियो « Khabarhub

लालबन्दीका होटलमा आचारसंहितासम्बन्धी फ्लेक्स राख्न थालियो


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिकाअन्तर्गत रहेका होटलहरूमा प्रहरीले आचारसंहितासम्बन्धी फ्लेक्सहरू राख्न सुरू गरेको छ ।

गणतन्त्र दिवसको अवसर पारेर इलाका प्रहरी कार्यालय लालबन्दीले नगरपालिका क्षेत्रमा सञ्चालित होटलहरूमा आचारसंहितासम्बन्धी फ्लेक्सहरू राख्न सुरू गरेको हो । 

होटल व्यवसायीहरूको हकहित एवम् व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले होटल, लज तथा रेस्टुरेन्टहरूमा फ्लेक्सहरू राख्न सुरू गरिएको प्रहरी निरीक्षक विरेन्द्र जोहारीले बताए । 

होटल व्यवसायी, उद्योग वाणिज्य संघ, स्थानीय र सञ्चारकर्मीहरूको उपस्थितमा लालबन्दी नगरपालिका नगर प्रमुख वासुदेव अधिकारीबाट आचारसंहितासम्बन्धी फ्लेक्स राख्ने कामको शुभारम्भ गरिएको उनले बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : ३७ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि