४२ लाख बराबरका मोबाइलका अवैध डिस्प्ले बरामद, एक जना पक्राउ  « Khabarhub

४२ लाख बराबरका मोबाइलका अवैध डिस्प्ले बरामद, एक जना पक्राउ 


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलाली प्रहरीले ठूलो परिमाणमा भन्सार छलीको सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार पौन १२ बजेतिर इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रण बहादुर चन्द र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक गजेन्द्र बहादुर चन्दको टोलीले संयुक्त टोलीले गोदावरी नगरपालिका–२ को एक घरमा छापा हानेर अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा डेरा गरी बस्ने डडेल्धुराको आलीताल गाउँपालिका–४ स्थायी घर भएका ३२ वर्षीय मान बहादुर वली रहेका छन् । उनको कोठामा दुई हजार ८२५ थान मोबाइलका डिस्प्ले फेला पारिएको प्रहरीले जनाएको छ । बरामद डिस्पेहरूको अनुमानित ४२ लाख ९७ हजार ५ सय रुपैयाँ रहेको छ ।

प्रहरीका अनुसार ती सामानहरू भन्सार नतिरी अवैध रूपमा भित्र्याइएको देखिएको छ । बरामद गरिएका सामानसहित वलीलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ७ : १५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल