वर्षमानले भने- बलियो सरकारको बजेट खासै गतिलो देखिएन « Khabarhub

वर्षमानले भने- बलियो सरकारको बजेट खासै गतिलो देखिएन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले बलियो भनिएको सरकारले ल्याएको बजेट बलियो नदेखिएको बताएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्बको बजेट प्रस्तुत गरेपछि पुनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसँग कुरा गर्दै पुनले आकारका हिसावले गत वर्षको तुलनामा ठूलोसँगै धेरै छरिएर आएकोसमेत बताए । अर्थतन्त्र रुपान्तरणका लागि ठोस कुरा आउन नसकेको र अर्थतन्त्रका केन्द्रका चर्चालाई पनि नसमेटिएको उनले बताए ।

पुनले गत वर्षका महत्वपूर्ण कार्यक्रमलाई पनि अहिले समेट्न नसकेकाले नियमित बजेटका रुपमा मात्रै आएको जिकिर गरे । उनले विद्युतीय गाडीको करलाई यसअघिकै रुपमा निरन्तरता दिनु राम्रो कुरा भएको बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ७ : ३६ बजे

सडक सुरक्षा सुधारमा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात

सिंहदरबार ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

काठमाडौं– सिंहदरबारस्थीत ग्यालरी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ

साइप्रसमा बन्धक उज्ज्वल कुँवरको उद्धार गर्न आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले साइप्रसमा बन्धक बनाइएका धादिङका

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४

भारतीय पर्यटकले भरिभराउ पोखरा (तस्बिरहरू)

पोखरा– भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला