वर्षमानले भने- बलियो सरकारको बजेट खासै गतिलो देखिएन | Khabarhub Khabarhub

वर्षमानले भने- बलियो सरकारको बजेट खासै गतिलो देखिएन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले बलियो भनिएको सरकारले ल्याएको बजेट बलियो नदेखिएको बताएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्बको बजेट प्रस्तुत गरेपछि पुनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बिहीबार संसद् भवन नयाँ बानेश्वमार सञ्चारकर्मीसँग कुरा गर्दै पुनले आकारका हिसावले गत वर्षको तुलनामा ठूलोसँगै धेरै छरिएर आएकोसमेत बताए । अर्थतन्त्र रुपान्तरणका लागि ठोस कुरा आउन नसकेको र अर्थतन्त्रका केन्द्रका चर्चालाई पनि नसमेटिएको उनले बताए ।

पुनले गत वर्षका महत्वपूर्ण कार्यक्रमलाई पनि अहिले समेट्न नसकेकाले नियमित बजेटका रुपमा मात्रै आएको जिकिर गरे । उनले विद्युतीय गाडीको करलाई यसअघिकै रुपमा निरन्तरता दिनु राम्रो कुरा भएको बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ७ : ३६ बजे

वायुसेवा निगमद्वारा चीनको ग्वाञ्जाओ उडान सुरु

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको

साना उद्योगको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिवद्ध : मन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले मुलुकको आर्थिक विकासका

दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप सहयोग

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–८ धारुङ गौरीगाउँस्थित दृष्टिविहीन सोलुमाया आलेलाई सहयोग

कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी

काठमाडौं– प्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको

जेनजी आन्दोलन : बीमा दाबी २३ अर्ब ३९ करोड

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका